मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाराम दाहालले चार सय बीसलाई ठीक पार्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/09/07

हुंकार राम्रै सुनिएको छ तर यसको मेकिङ कतिको स्तरिय हुने हो त्यो भोलिको कुरा तर निर्देशक दयाराम दाहालले चार सय बीस अर्थात समाजका केही ठगहरूलाई कसरी ठीक पार्न सकिन्छ भन्ने तर्क सहित नयाँ फिल्म निर्माणमा हात हालेका छन् ।


कुनै समयका चर्चित भिडियो फिल्म एडिटर मन्दिल श्रेष्ठ तथा कुमार बिष्टको संयूक्त लगानीमा दाहालले मिसन फोर ट्वान्टी टाईटलमा नयाँ फिल्म निर्देशन शुक्रबार देखि शुरू गरेका हुन् । शुक्रबार सो फिल्मको भद्रकाली मन्दिर परिसरमा शुभसाईत गरिएको थियो । सुमन सिंह तथा निर्मल सेन्चुरी सहित दुई नयाँ अनुहार कृष्टी पौडेल र महिमा यस फिल्मका प्रमुख कलाकार रहेको बताईएको छ । 'हरेक नागरिकको अभियान हो यो त्यसैले टाईटल अलि फरक छ', शुभसाईत समारोहमा निर्देशक दाहालले प्रष्टाए ।


पाका निर्देशक दाहाल लामो समय देखि उद्योगमा सक्रिय छन् जसले आफ्ना समकालिन मित्रहरुलाई यो फिल्ममा विशेष भूमिका पनि दिएका छन् । 'उहाँको भूमिका अत्यन्त राम्रो छ जुन उहाँले अहिले सम्म उहाँले गर्नुभा' छैन', निर्मल शर्मा (गैडा) लाई देखाउदै उनले भने ।  शुभसाईत समारोहमा दिईएको जानकारी अनुसार सो फिल्ममा हस्ती कलाकारहरु नीर शाह, सुनिल थापा, केशव भट्टराई, रबिन्द्र खड्का, रमेश बुढाथोकी, राजाराम पौडेल, मुकुन्द किशोर भट्टराई पनि खेल्ने छन् । यसैगरी सो फिल्ममा चरित्र अभिनेत्री सुष्मा कार्कीको साथमा भिलेनको रुपमा उदाउदै गरेका सुसान्त श्रेष्ठले पनि अभिनय गर्दैछन् ।


२५ दिनको समयमा सो फिल्मको सम्पूर्ण सुटिङ राजधानीमा गरिने बताईएको छ । विजी स्टार सुमनले आफ्नो अभिनयको दौरानमा निकै मजबुत क्यारेक्टर यो फिल्ममा पाएको बताए । यो फिल्मको सुटिङ सकिना साथ उनी धुवाँ फिल्ममा ब्यस्त हुने छन् जसको वर्कसप अहिले चलिरहको छ । तारा प्रकाश लिम्बुको संगीत समावेश उक्त फिल्म फर्मुलामै आधारित हुने छ जसका लागि नृत्य कविराज गहतराज र फाईट रोशन श्रेष्ठले जिम्मा लिएका छन् ।