
देवी, चेतना लगायतका तीन दर्जन टेलिफिल्ममा अभिनय गरेका कुशल कलाकार कृष्ण ढुङ्गानाले २०५० सालमा टुहुरो भन्ने फिल्म खेलेका थिए । त्यस पश्चात उनी पुन टेलिफिल्ममै ब्यस्त रहे । उनलाई फिल्मी अभिनयको सौख पनि थियो तर टेलिफिल्मको ब्यस्तताले उनले चाहेर पनि फिल्मका लागि समय निकाल्न सकेकनन् । यध्यपी उनले ब्यस्तताको बाबजुत अठार बर्षपछि फ्रि हुने मौका पाए अनि खेले बडीगार्ड ।
यहि भदौ २९ देखि देशब्यापी रिलिजको तयारीमा रहेको सुशिल पोखरेल निर्मित उक्त फिल्ममा उनी एउटा राम्रो भूमिकामा छन् जसबाट आफूले निकै सन्तुष्टी पाएको उनले बताए । बिहिबार आयोजित बडीगार्डको प्रेस मिटमा उनले अठार बर्ष पछिको ठूलो पर्दाको अनुभव उत्कृष्ट रहेको तर्क गरेका थिए । तितो सत्य समेत विभिन्न क्यारेक्टरमा प्रस्तुत भईरहने उनी मुन्टो बाङगे वकिलको रोलबाट थप चर्चित बनेका थिए ।
देवीमा उनले निर्वाह गरेको कुम्ले काईलोको रोल अझै विर्सन सकेका छैनन् नेपाली दर्शकले जसको माध्यमबाट कृष्ण अझै चर्चित छन् । टेलिभिजन कलाकर्मी मञ्चका अध्यक्ष समेत रहेका उनले चार वटा फिल्मको स्क्रिप्ट पनि लेखे तर ती फिल्ममा आफ्नो रोल खडा गर्न सकेनन् । यध्यपी फिल्मी अभिनयको निरन्तरतालाई अब अघि बढाउने सोचमा छन् उनी । सम्भवत सवै कुराको साथ मिले उनी आफ्नो सम्पूर्ण ज्ञानको प्रयोग फिल्म निर्देशनमा लगाउने सुरमा पनि छन् । जसको तयारी स्वरुप उनले हाल बाल कथामा आधारित टेलिफिल्म 'निस्कर्ष' निर्देशन गरेर तयार गरिरहेका छन् जुन टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारणमा आउदैछ ।