
थुप्रै हिट फिल्म दिईसकेका शिब रेग्मीले निर्देशन गरेको फिल्म 'सो सिम्पल' को दुई प्रोमो सार्वजनिक गरिएको छ । कार्तिक ३ गते देशभर एकसाथ प्रदर्शनमा आउने बताईएको सो फिल्मको रिलिज प्रोमो नाम जत्तिकै सिम्पल बनाईएको छ जसलाई दर्शकले रूचाउने निर्माण पक्षको विश्वास छ ।
केशव भट्टराईले निर्माण गरेको फिल्ममा निर्देशक रेग्मीकी छोरी भावना र सोही फिल्मका स्क्रिप्ट राईटर प्रदिप भारद्धाजका भाई प्रमोद मुख्य भुमिकामा छन् । फिल्ममा राजबल्लभ कोईराला, स्वेता भट्टराई, सुशिल पोखरेल, विनोद भट्टराई, रश्मी भट्ट, निर्मल शर्मा तथा भिजे शिशिर भण्डारीको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् ।
कोटकी कालिका देवी फिल्मसको ब्यानरमा नीता भट्टराई तथा मुकुन्द फुयाल समेत निर्माता रहेको सो फिल्मका करियोग्राफर कविराज गहतराज हुन् भने द्धन्द हिमाल केसीको रहेको छ ।