Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोको सपना बुन्दा खलपात्रमा मार्टिन

फिल्मीखबर, काठमाण्डौ, 2012/09/06

अहिलेका व्यस्त हिरो सुमन सिंहसँगै हिरो बन्न संघर्ष गरेका मार्टिन खानको सपना त्यो बेला पूरा हुन सकेन । परिवारको तर्फबाट सहयोग नपाएपछि र व्यवसायमा व्यस्त भएपछि मार्टिनको हिरो बन्ने सपना सपनामा सिमित रह्यो । तर उनको हिरो बन्ने सपना अधुरो रहेपनि कलाको मोहले भने छोड्न सकेन ।

 

निर्देशक तुलसी घिमिरेले उनलाई हिरो बनाउन सपना पनि देखाए । तर न तुलसीले उनलाई हिरो लिए नत उनको परिवारले नै सहयोग गर्‍यो । 'सुमनसँग संघर्ष गरिरहेका बेला तुलसी सरले हिरो बनाउछु भन्ने आश देखाउनु भयो तर त्यो आश त्यसै हराएर गयो', फ्ल्यासब्याकमा पुग्दै मार्टिन भन्छन्, 'पछि त बिजनेशले गर्दा चाहेर पनि आउन सकिन ।' तर अहिले आएर भने उनको कलाकारिता सपना पूरा हुँदैछ तर हिरोमा हैन खलपात्रमा ।



मेरो एउटा साथी छ फिल्ममा 'कस्टुम डिजाईनर' बनेर फिल्म क्षेत्रमा प्रवेश गरेका मार्टिनले त्यसपश्चात मेरो लभ स्टोरी, आई एम सरी, ब्याच नं १६ जस्ता फिल्ममा 'कस्टुम डिजाईनर' को जिम्मा पाए । 'कस्टुम डिजाईनिङ' को काम गर्दागर्दै उनलाई फिल्म 'फेसबुक' मा अभिनय गर्ने मौका जुर्‍यो । जब उनको काम फेसबुकमा सुरज सुब्बाले हेरे त्यसपश्चात उनले नै प्रमिशमा दोहोर्‍याए । फेसबुकमा खलपात्र बनेका मार्टिनलाई सुरजले प्रमिशमा पनि खलपात्रको भुमिका नै दिए । झट्टा हेर्दा खलपात्रमा नै जम्ने अनुहारका धनी मार्टिनलाई भाद्र २२ गतेबाट सुटिङ शुरू हुने फिल्म 'सरी ल' मा निर्देशक ऋषि लामिछानेले पनि नेगेटिभ भुमिकामा अनुबन्धित गरेका छन् ।

 

फेसबुकको प्रोमो हेरेर नै ऋषिले मार्टिनलाई आफ्नो फिल्मको कथा सुहाउँदो देखेकाले अनुबन्धन गरेको बताएका छन् । मार्टिन पनि फिल्म रिलिज नहुँदै काम पाईरहँदा दंग छन् । भन्छन्,'खास म कस्टुम डिजाईनर हो तर निर्देशकहरूले म भित्र केहि देख्नु भएकाले खुसी लागेको छ । अब आफ्नो कस्टुम व्यवसायसँगै अभिनयलाई अगाडी बढाउँदै लैजान्छु र हरेक कामसँगै नयाँ पन दर्शकलाई दिंदै जानेछु ।'

 

भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'फेसबुक' मा अधिकांश सिनमा साईलेन्स क्यारेक्टरमा देखिन लागेका मार्टिनले 'सरी ल' मा भने आफ्नो भुमिका निकै च्यालेञ्जिङ रहेको बताए । उनले भने,'यो फिल्मले मेरो फिल्मीकरियरलाई एउटा नयाँ मोडमा लैजान्छ ।' भोलीका दिनमा यि स्टाईलिस्ट मार्टिनले दर्शकमाझ कस्तो छाप छोड्छन् त्यो समयले बताउने नै छ तर अहिले उनको यो व्यस्ततालाई हेर्दा हामीले शुभकामना भने दिनै पर्छ । मार्टिनले पछिल्लो समय 'कस्टुम डिजाईन' गरेको फिल्म थ्री लभर्स, प्रमिश, फेसबुक र मेरो भ्यालेनटाईन रिलिज हुने क्रममा छन् ।