Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीमा तीन फिल्म भिड्दै

फिल्मीखबर, काठमाण्डौ, 2012/09/06

भोली शुक्रबार राजधानीमा तीन फिल्मको भिडन्त हुने भएको छ । नयाँ फिल्मको रूपमा 'फेसबुक' राजधानी सहित देशभर रिलिज हुँदैछ भने हात लाग्यो शून्य र सिन्दूर राजधानीका हलमा लाग्दैछ ।

 

सुरज सुब्बा 'नाल्बो' ले निर्देशन गरेको फेसबुक अहिलेको प्रतिक्षित फिल्म हो । दर्शकमाझ प्रतिक्षामा रहेको यो फिल्मलाई दर्शकले लाईक गर्छन् या डिसलाईक त्यो भोलीको रिपोर्टले बताउने छ तर निर्माण पक्ष भने सफलता पाउनेमा ढुक्क छ । सुनिल कुमार थापाले निर्माण गरेको सो फिल्ममा राजेश हमाल, झरना थापा, स्वतन्त्र प्रताप शाह, सुवास थापा, सुनिल थापा, बिएस राणा, विल्सन विक्रम राई, अनुराग मान सिंह कुवँर, सुमन गैरे, मार्टिन खान लगायतले अभिनय गरेका छन् ।

 

गोविन्द गौतमको निर्देशनमा बनेको सिन्दूर क्यू सिस्टमबाट राजधानीका करिब डेढ दर्जन हलमा लाग्नेछ । झण्डै दुई बर्ष अगाडी मोफसलमा सन्तोषजनक व्यापार गरेको सिन्दूरमा विराज भट्ट, जेनिशा केसी, कुशल थापा, नन्दु श्रीवास्तव, सुनिल दत्त पाण्डे लगायतको अभिनय रहेको छ । फिल्मलाई राधेश्याम राई र सरिता ढुंगानाले निर्माण गरेका हुन् ।

 

राजेश हमाललाई फरक गेटअपमा उतारेर पनि मोफसलमा फ्लप भएको फिल्म हात लाग्यो शून्यलाई बिजय विक्रम बस्नेतले निर्देशन गरेका हुन् । विश्व नेपालको निर्माण रहेको सो कमेडी फिल्ममा राजेश हमालको साथमा कल्पना शाही, गोपाल ढकाल, किरण केसी लगायतको अभिनय हेर्न सकिनेछ ।