मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघको कार्यसमितिमा छवि ओझा तानिए

फिल्मीखबर, काठमाण्डौ, 2012/09/06

घुष काण्डपछि केन्द्रीय कार्यसमितिबाट निलम्बनमा  परेका निलहरी काफ्लेको स्थानमा छवि ओझालाई तानिएको छ । आज बसेको चलचित्र  निर्माता संघको केन्द्रीय कार्यसमतिको बैठकले कार्यसमितिको लागि ओझा उपयुक्त उपयुक्त सदस्य  रहेको ठहर गर्दै  उनलाई केन्द्रीय कार्यसमितिमा तानेको हो  ।

 

'विवादमा परेका कारण निलहरीको जीको स्थानमा ल्याउने उपयुक्त ब्यक्ति छवि ओझा देखेकाले आजको बैठकले सो निर्णय गरेको हो', सचिव सुरेश दर्पण पोखरेलले बैठक पश्चात जानकारी गराए । यस्तै दर्पणका अनुसार यस अघि निर्माता संघको सिफारिसमा चलचित्र विकास  बोर्ड सदस्यका लागि गरिएको रोज राणाको सिफारिसलाई निरन्तरता दिने निर्णय पनि आजको बैठकले गरेको छ । आज देखि मन्त्री निकट एक मात्र सदस्य बोर्डमा रहेकाले बोर्डमा अझै दुई सदस्य नियुक्त हुन बाँकी छन् जस मध्ये एक ब्यक्ति निर्माताहरुको तर्फबाट हुने ब्यवस्था छ । 

 
यता केन्द्रीय कार्यसमितमा आफूले स्थान पाएपछि निर्माता ओझा पनि दङ्ग छन् । 'मैले कार्यसमिती बाहिर रहदा पनि संघलाई निकै सहयोग गरेको थिए तसर्थ मलाई सो स्थानमा लगिएकाले संघको हितका लागि अझ डटेर काम गर्ने छु',  छविले भने । यस अघि अशोक शर्मा अध्यक्ष हुदा पनि छवि निर्माता संघको कार्यसमितमा निर्वाचित भएका थिए तर यो पटक अधिकाश सदस्यको स्वीकृतिमा छविलाई मनोनित गर्दै कार्यसमितिमा तानिएको हो ।