Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बोर्डबाट विकास आचार्यलाई पनि निकालियो

फिल्मीखबर, काठमाण्डौ, 2012/09/06

गत मंसिरमा चलचित्र बिकास बोर्डको सदस्य पदमा नियुक्त भएका विकास आचार्यलाई सो पदबाट हटाईएको छ । संचार मन्त्री राजकिशोर यादवले उनको फाईल हिजो उठाएको फिल्मीखबरलाई खबर प्राप्त भएको छ ।

 

केही दिन अघि मन्त्री यादवले घुष काण्डमा फसेका निलहरी काफ्लेलाई पनि बोर्ड सदस्यबाट बर्खाष्त गरेका थिए । मन्त्रीद्धारा नियुक्त हुने तीन सदस्य मध्ये अब बोर्डमा मन्त्री पार्टी निकट फिल्मकर्मी रामामण्डल भने यथावत छन् । 'मैले यसलाई स्वाभाविक प्रक्रियाको रुपमा लिएको छु तसर्थ अरु जो कोही ब्यक्ति त्यहाँ पठाईन्छ उहाँहरु चाहि फिल्मकर्मी नै भए अझ राम्रो हुन्छ', सदस्य पद गुमेपछि आचार्यले भने ।

 

आचार्य हाल रिदम भन्ने फिल्म तयार गरिरहेका छन् जसको पोष्ट-प्रोडक्सनको काम करिब सकिने अवस्थामा छ । अध्यक्ष गणेश भण्डारीको राजिनामा आएसंगै बोर्ड पदाधिकारी विहिन भएको छ । डेढ साता भईसक्दा पनि बोर्डले नेतृत्व लिन नपाउदा असोज पहिलो साताका लागि तय गरिएको चलचित्र दिवसको तयारी पनि लथालिङ्ग भएको छ । बोर्डमा सल्लाहकार समितिका प्रमुख सल्लाहकार नीर शाहले  पनि राजिनामा दिएका कारण अहिले बोर्डमा सुनसान छाएको छ ।