Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धन्दा गर्ने निर्देशक ३० बर्षमा

फिल्मीखबर, काठमाण्डौ, 2012/09/06

मेरो एउटा साथी छ फिल्मबाट निर्देशनमा हात हालेका सुदर्शन थापाले आफ्नो आफ्नो ३० औं जन्मदिन मनाउँदैछन् । काठमाण्डौमा नै जन्मेका यि रैथाने निर्देशकले जन्मदिनको खासै कार्यक्रम नराखेकाले परिवारको साथमा सामान्य तरिकाले मनाउने बताए ।

 

हाल पछिल्लो फिल्म 'धन्दा' को पोस्ट-प्रोडक्सनको काममा व्यस्त रहेका सुदर्शनले यसअघि के यो माया हो र मेरो लभ स्टोरी फिल्मको पनि निर्देशन गरिसकेका छन् । यि पछिल्ला दुई फिल्मबाट सोचे अनुरूपको सकारात्मक प्रतिक्रिया पाउन नसकेका सुदर्शनले धन्दाबाट भने निकै ठूलो आश राखेका छन् । उनका अनुसार यो फिल्मबाट उनी आफै उत्साहित छन् ।

 

लभ स्टोरी फिल्मबाट केहि पर हटेर नेपालीहरूको भोगाईलाई यथार्थ ढंगले केहि फरक प्रस्तुतीमा धन्दालाई बनाएका सुदर्शनले पुष १३ गते सो फिल्म दर्शकमाझ ल्याउने बताए । बाबुराम दाहालसंगको सहकार्यमा फिल्म बनाएका सुदर्शनको धन्दा अहिले आईकोरमा सम्पादन भईरहेको छ । नेपाली फिल्म उधोगले राम्रो निर्देशकको रूपमा हेरेको यि व्याचलर निर्देशकलाई फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना !

 

यस्तै बिगत १९ बर्ष देखि निरन्तर नेपाली फिल्म उधोगमा काम गरिरहेका अभिनेता आरपी पन्तले पनि अंग्रेजी मिती अनुसार आज आफ्नो जन्मदिन मनाउँदैछन् । नेपाली मिती अनुसार उनको जन्मदिन भाद्र २४ हो तर साथीभाई माझ अंग्रेजी मिती अलि बढि चर्चित भएकाले यो मितीमा पनि उनले शुभकामनालाई स्विकार गर्दै सबैलाई धन्यवाद दिएका छन् ।
 

अंग्रेजी मितीको जन्मदिनमा कुनै बिशेष कार्यक्रम नराखे पनि नेपाली मितीको जन्मदिनमा भने उनले सामाजिक कार्यलाई निरन्तरता दिने बताए । यसअघिका जन्मदिनहरूमा दीनदुखीहरूलाई दान गर्दै आएका आरपीले यसपटक पनि सो कार्यलाई निरन्तरता दिने बताए । उनले भने, 'मलाई सामाजिक कार्य र दीनदुखीहरूको सेवा गर्न निकै मन लाग्छ त्यसैले हरेक बर्ष म यो कार्य गरिरहेको हुन्छु ।'

 

भारतिय फिल्म 'उठी उडान' मा पहिलो पटक क्यामेरा फेस गरेका आरपीले दर्जनौं नेपाली फिल्म तथा टेलिफिल्ममा आफ्नो अभिनय कुशलता देखाईसकेका छन् । ५५ औं बसन्तमा पुगेका यि कुशल अभिनेताको ठूलो पर्दाको पहिलो नेपाली फिल्म भने 'पिरिम' हो । यि अभिनेतालाई पनि फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना !