Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अवश्य फर्किन्छु भन्दै छोरी नलिई गईन् अरुणिमा अमेरिका

अनुप भट्टराई, काठमाण्डौ, 2012/09/05

स्वदेश फर्किने यो एउटा उनको प्रमाण पनि त्यसैले न्यूजहरुमा जे जस्ता आलोचना भए पनि त्यसको कुनै मतलव छैन अरुणिमालाई । किनकी उनले दश महिनाको काखे छोरीलाई नेपाल छाड्दै आज अमेरिका उडेकी छिन् । उनको भनाईलाई आधार मान्ने हो भने आजको ठीक ३२ दिनका उनी नेपाल फर्किने छिन् । उनी श्रीमानका साथ आज साँझ सात बजे अमेरिका उडेकी हुन । उनलाई एयरपोर्ट ड्रप गर्न उनका पिता एवं  कलाकार समेत रहेकी आफ्नी आमा राधा लम्साल र गायिका सुनिता दुलाल पुगेका थिए ।

 
'अबश्य पनि म नेपाल फर्किन्छु किनकी म दश महिनाको छोरी छाडेर गएको जाँदैछु', एयरपोर्टमा फिल्मीखबरसंग गफिदै अरुणिमाले भनिन् । उनको छोरीलाई एक महिना उनको सासुले स्यहार्ने छिन् । सन्तान प्राप्ती पछि फिल्मी अभिनयबाट बाध्यात्मक टाढा रहेकी उनी न्यूर्योकमा रहेकी अभिनेत्री रन्जना शर्माको निवासमा बस्ने छिन् । विवाह पश्चात दिल खोलेर घुम्न नपाएकी अरुणिमाको यो घुमाई  हनिमुन स्टाईलको हुने छ । यस्तै यो भ्रमणमा निकै महत्वपूर्ण स्थल चाहि हलिउड इन्डष्ट्री नछुटाउने उनको योजना छ । 
 
पहिलो पटक छोरी अमेरिका जाने भएपछि अरुणिमा मम्मी निकै दङ्ग थिईन् । उनले चाहने वित्तिकै अमेरिका घुम्न जान पाएकोमा छोरीलाई लक्की पनि भनेकी छिन् । एक महिनाको यो यात्राका लागि उनीहरुले निकै ठूलो लगेज लगेका थिए जसबाट केही आशंका ब्यक्त गर्न सकिन्छ कतै अरुणिामा सानी छोरी बिर्सिएर अमेरिकामै हराउने त हैन ? 
 
नोट : अमेरिका पुगेपछि उतै हराउनेमा हिरोहरुको तुलनामा अधिकाश हिरोईनहरु छन् जसको नाम केलाउदा गौरी मल्ल, कृष्टी मैनाली, पुजा चन्द, सारङगा श्रेष्ठ, जल शाह, रन्जना शर्मा तथा यूना उप्रेती नाम आउछ । यस्तै हिरो तर्फ सरोज खनाल र रमेश उप्रेती पर्दछन् ।