मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कर्कशका लाईट म्यान आईसियुमा

फिल्मीखबर, काठमाण्डौ, 2012/09/05

२०६९ सालमा नेपाली फिल्म उधोगमा थुप्रै दुर्घटनाहरू भए । कति दुर्घटना सुटिङका बेला भए त कति सुटिङमा जाने र फर्कने क्रममा भए । यहि दुर्घटनाको शिकारमा फिल्म कर्कश पनि परेको छ ।

 

मंगलबार साँझ सुटिङ सकेर घर फर्कदै गर्दा कर्कशका लाईट म्यान उत्तम खत्री मोटरसाईकल दुर्घटनामा परेका हुन् । टाउकोमा गम्भिर चोट लागेका खत्रीलाई अहिले राजधानीको ॐ नर्सिङ अस्पतलाको आईसियू कक्षमा भर्ना गरिएको छ र केहि समयमा टाउकोको अप्रेशन गरिंदै छ ।



फिल्म निर्देशक आशिफ शाहले दिएको जानकारी अनुसार दुर्घटना भए लगत्तै युनिटले खत्रीलाई मनमोहन अस्पताल लगेको थियो तर त्यहाँका डाक्टरले अवस्था सामान्य भएको बताए पनि बिश्वास नलागेर सिटी स्क्यान गर्दा टाउकोमा समस्या देखेपछि युनिटले अहिले ॐ अस्पताल पुर्‍याएको हो । करिब ३३ बर्षिय खत्रीको स्वास्थ्य अवस्था अलि गम्भिर नै रहेको निर्देशक शाहले बताए ।

 

सुटिङ शुरू भएको ६ दिनमा दुर्घटनाको पिडामा परेको युनिटले आजको सुटिङलाई भने निरन्तरता दिने भएको छ । फिल्मको ठमेल आसपासमा सुटिङ गरिने निर्देशक शाहले बताए । फिल्ममा सत्यराज आचार्य, सुरज सिंह ठकुरी, दयाहाङ राई, रेमनदाश श्रेष्ठ लगायतको अभिनय रहेको छ । एउटा रकब्याण्डमा आबद्ध तीन युवाहरुको कथालाई आधार मानेर निर्माण शुरू गरिएको सो फिल्मलाई G२१ ले निर्माण गर्दैछ ।