
असोज १९ गते रिलिज हुन लागेको फिल्म 'माई ब्रदर' को नयाँ गीत सार्वजनिक गरिएको छ । पारिवारिक उक्त गीतमा सुमिना घिमिरे, दीपक पाण्डे, रमेश बुढाथोकी, अनिश कँडेल र रोजन न्यौपानेको अभिनय देख्न सकिनेछ ।
बिष्णु भट्टराईको शब्द तथा ताराप्रकाश लिम्बुको संगीतमा तयार गरिएको सो गीतको करियोग्राफी कविराज गहतराजले गरेका हुन् । काठमाण्डौको चपली हाईट र दरवारमार्ग परिसरमा छायाँकन गरिएको सो गीतमा बिरेन्द्र भट्टको छायाँकन तथा प्रविशा अधिकारी र उत्तम लिम्बुको स्वर सुन्न सकिनेछ ।
पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'माई ब्रदर' लाई अबिरल फिल्मसको व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेका हुन् भने निर्देशन बिष्णु भट्टराईले गरेका हुन् । बालमनोविज्ञानलाई पनि आफ्नो कथामा समेटेका निर्देशक भट्टराईको यो फिल्ममा अहिलेका चल्ती हिरो जीवन लुईटेललाई पनि बिशेष भुमिकामा देख्न सकिनेछ ।