
एक महिने भ्रमण भन्दै अभिनेत्री अरुणिमा लम्साल आज साँझ अमेरिका उड्दैछिन् । उनी पति तथा आफ्नी एक बर्षकी पुतलीका साथ अमेरिका भ्रमणमा निस्कन लागेकी हुन् ।
सपनाको देश भनेर चिनिने अमेरिकामा प्रवेश गरेपछि धेरै कलाकार उतै हराएका छन् जसको प्रभाव कतै अरुणिामा पनि पर्ने त हैन भन्ने प्रश्न उठेको छ । यध्यपी अरुणिमाले आफू उतै बस्ने भन्ने कुराको भने प्रतिबाद गरेकी छिन् । पछिल्लो डेढ बर्ष यता कुनै पनि फिल्म नखेलेकी उनी छोरीको करिअर बनाउन अमेरिकामै बस्ने भन्ने आँकलन पनि काटिएको छ । केही दिन अघि फिल्मीखबरसंगको सम्पर्कमा रहेकी उनी आज भने सम्पर्कमा आउन चाहिनन् ।
अमेरिकामा हाल गौरी मल्ल, पुजा चन्द, सारङगा श्रेष्ठ, जल शाह, यूना उप्रेती, सरोज खनाल तथा रमेश उप्रेती बसोबास गरिरहेका छन् । उनीहरु पनि फिल्मी जगतमा सुस्ताएपछि अमेरिका हानिएका थिए । करिष्मा मानन्धर पनि केहि बर्ष अमेरिकामा नै बसिन् तर अहिले उनी नेपाल-अमेरिका गरिरहन्छिन् ।