मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सबिन अब गल्लीमा नहिंड्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/09/05

असोज १ देखि हमेशामा विजी हुने भएपछि सविन श्रेष्ठले गल्ली छाडेका छन् । डेढ महिना अघिनै सुटिङ गर्ने भनिएको सो फिल्मको सुटिङ ढिला भएपछि सविनले उक्त फिल्म छाडेका हुन् । 'असोज १ देखि म हमेशामा विजी हुने भएकाले त्यो फिल्म छाडेको हुँ', सविनले फिल्मीखबरसंगको कुराकानीमा भने । गडफादर छवि ओझाको उक्त प्रोजेक्टका लागि सविनले गल्ली साईन अघि हमेशा साईन गरेका थिए ।


सविनले सो फिल्म छाडेपछि उनको स्थानमा मायाज बार हिरो गजित बिष्ट अनुबन्ध भएका छन् । मायाज बार रिलिजसंगै उनले लभ फरेवरमा पनि खेले जसको एक गित बाहेकको सम्पूर्ण  सुटिङ सकिएको छ । 'खुशी लागिरा'छ एक पछि अर्को फिल्म पाईरहेको छु तर आर्टिष्ट हेरफेरको यो बिषयले कन्टोभर्सी चाहि नहोस', सविनको स्थानमा आफू फाईनल भएपछि गजितले भने ।


एनआर घिमिरेको निर्देशनमा बन्ने सो फिल्मको आजबाट सुटिङ पनि सुरु गरिएको छ । यस अघि हिरोईन फाईनलको निर्णय दिईनसकेको गल्ली यूनिटले स्वेता भट्टराईलाई फाईनल गरेको छ । स्वेताको पहिलो फिल्म ब्ल्याक मेल यहि भदौ २९ देखि रिलिज हुदैछ भने उनीद्धारा अभिनित दोस्रो फिल्म रिदम हाल पोष्ट-प्रोडक्सनको अन्तिम चरणमा छ ।