Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असोज १९ देखि घलेगाउँमा फिल्म वर्कसप

फिल्मीखबर, काठमाण्डौ, 2012/09/04

राष्ट्रिय स्तरको दोस्रो फिल्म वर्कसपको तयारी चलचित्र निर्देशक समाजले गरेको छ । फिल्मसंग ईच्छुक विद्यार्थी तथा हरेक विद्यामा रहेका फिल्मकर्मीले सहभागिता जनाउन सक्ने गरी आयोजना हुन लागेको उक्त वर्कसप असोज १९ देखि २३ सम्म लमजुङको घलेगाउँमा हुने बताईएको छ ।

 

 

मंगलबार पत्रकार सम्मेलन गर्दै निर्देशक समाजले वर्कसपको तयारीलाई तिब्रता दिएको जनाएको हो । 'राष्ट्रिय स्तरको वर्कसपबाट मौलिक विषयबस्तु खोज्नका लागि हामीले घलेगाउँ रोजेका हौं त्यसैले यो पटकको वर्कसपमा सवैको सहभागिता हुने हाम्रो विश्वास छ', कार्यक्रममा समाजका अध्यक्ष विमल पौडेलले भने । कार्यक्रममा दिईएको जानकारी अनुसार वर्कसपमा सहभागिता जनाउने ईच्छुक ब्यक्तिहरुले असोज १५ सम्म आवेदन फर्म भरिसक्नु पर्नेछ । जसका लागि निर्देशकहरुलाई २ हजार रुपैया तोकिएको छ भने अन्यलाई ५ हजार ।

 

नेपाली मौलिक, संस्कृति र पर्यटनलाई एकसाथ अघि बढाउने सोचका साथ आयोजना हुन लागेको वर्कसपमा समाजशास्त्री, संस्कृतशास्त्री, पर्यटनविद, फिल्म विशेषज्ञ श्रोत ब्यक्तिका रुमा रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।