दसैंको बिदा छोप्दै कार्तिक ३ बाट उपत्यका बाहिर र कार्तिक १० बाट उपत्यका भित्रका हलबाट प्रदर्शनमा आउन लागेको फिल्म 'धुँवा यो नशा' को हल ट्रेलर सार्वजनिक गरिएको छ । १ मिनेट २४ सेकेन्ड लामो प्रोमो आउदो शुक्रबारबाट देशभरका हल मार्फत हेर्न पाइने जानकारी फिल्मका निर्माता राम प्रसाद रिजालले गराए ।
रिलिज गरिएको प्रोमोमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र निशा अधिकारीलाइ हाईलाइट गरिएको छ । संवाद सहितको सो प्रोमोलाई सस्पेन्स र थ्रिल बनाउन खोजिएको छ । प्रोमो हेरिसकेपछि फिल्म दर्शक सामु अझ प्रतिक्षित बन्ने निर्माता रिजालको दाबी छ । आर एण्ड आर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।
लागु पदार्थ दुर्व्यसनीको भूमिकामा प्रस्तुत भएका आर्यनले आफ्ना अन्य फिल्म भन्दा फरक चरित्रमा रहेर यो फिल्ममा अभिनय गरेका छन् । यो फिल्मलाई नेपाल भन्दा पहिला सेप्टेम्बर ३० तारिखका दिन मलेशियामा प्रिमियर गर्ने बताईएको छ । फिल्मको प्रिमियरका लागि निर्माता रिजाल र नायक सिग्देल त्यसतर्फ प्रस्थान गर्ने समेत जानकारी दिईयो ।

