Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिल शोभालाई चर्चित कलाकारहरुले फेरी सहयोग गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/09/04

निस्वार्थ बृद्ध महिलाहरुलाई पालना पोषण गरिरहेकी समाजसेवी दिलशोभा श्रेष्ठलाई कलाकारहरुको एक टोलीले पुन: सहयोग गर्ने भएको छ । कलाकारहरुको तर्फबाट तीन पटक आर्थिक सहयोग पाईसकेकी दिलशोभालाई अभिनेत्री दीपाश्री निरौलाले सहयोग गर्ने भएकी हुन् ।

 

दीपाले कलाकार समेत रहेकी आफ्नी साथी कविता शर्मा र गायिका निशा सुनुवारसंग मिलेर एक भब्य कार्याक्रमका बीच दिलशोभालाई सहयोग गर्न लागेकी हुन् । उनले भदौ २३ गते नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशासरणको साथ तिज विशेष सम्मान कार्यक्रम आयोजना गरी दिल शोभा सहित अन्य चार महिलालाई सहयोग गर्ने भएकी छिन् । उनले सिएनएन हिरोको हुने तयारीमा रहेकी पुष्पा बस्नेत सहित तीन अपाङ्ग महिला भिमा खतिवडा , गंगा रायमाझी र गोमा राईलाई आर्थिक सहयोग गर्दैछिन् ।


कार्यक्रममा उपस्थिती जनाउन महानायक राजेश हमाल, अभिनेत्रीहरु करिष्मा मानन्धर, झरना थापा, रेखा थापा, सुष्मा कार्की सहित टेलिफिल्म दुनियाका चर्चित हाँस्यकलाकारहरुको उपस्थिती हुनेछ । सो कार्यक्रममा केही गायक गायिकाको पनि उपस्थिती हुने छ । 'अब अभिनय मात्र हैन समाज सेवालाई पनि अघि बढाउ भन्ने उद्धेश्यले यो कार्यक्रम गर्न लागेको हुँ त्यसैले यस्ता कार्यक्रम आगामी बर्षहरुमा पनि गर्ने सोचमा छु', दीपाश्रीले फिल्मीखबरसंगको कुराकानीमा भनिन् ।

 

फिल्मको स्क्रिनमा चर्चा पाएका जति पनि हिरोईन छन् त्यो भन्दा बढी जनमानसमा चिनिएकी उनी टेलिभिजनकी हिट हिरोईनको टाईटलले पनि परिचित छिन् ।