मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ हिरोईनसँग संयमको दोस्ती !

फिल्मीखबर, काठमाण्डौ, 2012/09/03

सायद डेब्यू हिरो संयम पुरीको डिप अफएर भोलिका दिनमा कोसँग होला त्यो भोलिको कुरा तर अहिलेको अवस्थामा उनको सवैभन्दा मिल्ने साथी भएकी छिन् आस्मा डिसी ।

 

गोपीकृष्ण टिभी फिल्मकी भिजे समेत रहेकी आस्माले संयमको अपोजिट फिल्म खेल्ने करिब निश्चित भएको छ जसकारण यो जोडी अहिले सुपरमार्केट देखि लिएर फिल्म हलमा समेत देखिने गरेको छ । उनीहरु रोशन हमालले निर्देशन गर्ने दोस्रो फिल्म 'ब्रेकअप' का लागि विभिन्न तयारी पनि गरिरहेका छन् । तर सोही तयारीको बिचमा उनीहरुलाई टिम भन्दा बाहिर देख्दा फिल्मीखबरको ध्यानाकर्षण भएको छ ।

 


सिटी सेन्टरको भुई तल्लामा उनीहरुको भलाकुसारी भएको देखेपछि फिल्मीखबरको क्यामेरा उनीहरु तर्फ तेर्सिएको थियो तर सोझा संयमको अगाडी आस्मा बढी चलाख भएपछि उनको अनुहार क्यामेरामा कैद हुन पाएन । एउटा फोटो खिचिसकेपछि उनीहरु केही डराएका थिए । फिल्म उधोगमा इन्ट्री मार्ने धुनमा रहेकी आस्मा संयम भन्दा ज्यादा डराएकी लाग्थ्यो । उनीहरु हिन्दी फिल्म जोकर हेर्ने तयारीका साथ सिटी सेन्टर पुगेका थिए तर फिल्मीखबरको क्यामेराको फ्रेममा परेपछि उनीहरुको फिल्म हेर्ने  मुड खराब भएको थियो ।


फिल्म उद्योगको कर्पोरेट हाउस गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी भान्जी तथा फिल्म निर्माता प्रदीप दाहालको छोरी आष्मालाई यस अघि पनि धेरैले फिल्म खेल्न आग्रह गरेका थिए तर यो पटक चाहि रोशन सफल भए । रोशनद्धारा निर्देशित पहिलो फिल्म रङ रिलिजको तयारीमा छ ।