मिति : २०८२ ज्येष्ठ २२, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आस्था बाल गृहको सहयोगका लागि `ब्ल्याक मेल`

फिल्मीखबर, काठमाण्डौ, 2012/09/03

केहि औंलामा गन्न सक्ने गरि नेपाली फिल्म निर्माताहरू सामाजिक कार्यमा अग्रसर हुने गरेको पाईन्छ । यिनै औंलामा गन्न सकिने निर्माता मध्येका एक सरद अधिकारी पनि देखिएका छन् । भाद्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ब्ल्याक मेल' को च्यारिटी गर्दै निर्माता अधिकारीले सहयोगको हात अगाडी बढाएका हुन् ।

 

नेपाल मदर फाउन्डेसनले नेपालका सडक बालबालिकाको लागि चलाइरहेको 'डे केयर सेन्टर' लाई व्यवस्थित गर्न सहयोग स्वरूप गत साता मात्रै अष्ट्रेलियामा फिल्मको प्रिमियर गराएका निर्माता अधिकारीले आज सोमबार चितवनमा आस्था बाल गृहको सहयोगका फिल्म 'ब्ल्याक मेल' को च्यारिटी शो गरे । चितवनका स्थायी बासिन्दा समेत रहेका अधिकारीले आफ्ना स्थानीय साथीहरूको सहयोगमा नारायणगढको इन्द्रदेव चलचित्र भवनमा फिल्मको च्यारिटी गरेका हुन् ।
 

टिकटबाट उठेको रकमको ५० % रकम सहयोग स्वरूप प्रदान गर्ने गरि च्यारिटी गरेको बताउँदै निर्माता अधिकारीले फिल्म हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएको बताए । उनले भने, 'दर्शकको राम्रो प्रतिक्रिया पाएकाले मलाई हौसला मिलेको छ । आशा छ देशभरका दर्शकले पनि यो फिल्मलाई मन पराउनु हुनेछ ।' मधुसुदन भट्टराईले निर्देशन गरेको सो फिल्ममा जीवन लुईटेल, सुमन सिंह र स्वेता भट्टराईको त्रिकोणात्मक प्रेमकथालाई बुनिएको छ ।

 

सस्पेन्स थ्रील फिल्म ब्ल्याक मेललाई शिबम अधिकारीले लेखेका हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, शिब ढकालको छायाँकन तथा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन रहेको छ ।