मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संचारकर्मी सचित खड्काको कलाकार पिताको निधन

फिल्मीखबर, काठमाण्डौ, 2012/09/03

चर्चित फिल्मी कार्यक्रम रजतपटका सम्बाददाता सचित खड्कालाई पितृ शोक परेको छ । उनको कलाकार पिता निर्मल खड्काको हृदय घातले निधन भएपछि उनी अहिले शोकको घडीमा छन् ।

 

चिनो, संकल्प, अन्याय, आजका युवा लगायतका  करिब एक दर्जन फिल्ममा खलपात्र भएर खेलेका सचितका पिता पछिल्लो समय फिल्मी माहोलबाट टाढिएका थिए । उनले मह जोडीका केही टेलिफिल्म पनि खेलेका थिए । 'हिजो साँझ हार्ट अट्याक भएपछि उहाँलाई बनेपाबाट काठमाण्डू माईतीघर स्थित अन्नपूर्ण नर्सिंग होम भर्ना गरिएको थियो तर बचाउन सकिएन',  सचितका दाई उमेशले फिल्मीखबरसंग कुरा गर्दै भने ।

 
४७ बर्षको उमेरमै निर्मल खड्काको निधनले कलाकार संघ स्तब्ध भएको महासचिव नवल खड्काको भनाई छ । 'उहाँ अहिले सक्रिय नभए पनि उद्योगका लागि उहाँको योगदान आफ्नै ठाँउमा छ त्यसैले १३ औँ पुण्य तिथिमा एउटा श्रद्धाजली कार्यक्रम पनि राख्ने छौ', पशुपति आर्यघाटबाट उनले भने । निर्मलको निधनको खबर पाएपछि अभिनेता शिव श्रेष्ठ, मदनदास श्रेष्ठ, लय संग्रौला, कृष्ण मल्ल, घनश्याम खतिवडा लगायत चलचित्र कलाकार संघका केही फिल्मकर्मी आर्यघाट पुगेका थिए ।