मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भेटी लिएर लफडा गरेका खतिवडाको हनिमुन

श्यामसुन्दर गिरी, चितवन, 2012/09/03

चित्रसेन बाबा मिडियाको पहिलो प्रस्तुति नारायण खतिवडा र सन्जोग खतिवडाको निर्माण तथा किशोर चौधरी निर्देशित फिल्म 'भेटी' आगामी कार्तिक ३ गतेदेखि मोफसलका हलहरु र कार्तिक १७ गते उपत्यकाका हलहरुमा प्रदर्शन हुने भएको छ ।

 

८० लाखको लगानीमा निर्मित सो फिल्ममा मन्दिरमा गएर फूल, अक्षता र भेटी चढाउँदैमा धर्मकर्म गरिने होईन सच्चा मनले पनि धर्म गर्न सकिन्छ र भेटी चढाउन मन्दिर नै धाउनु पर्छ भन्ने छैन भन्ने सन्देश दिन खोजिएको निर्देशक चौधरीले बताए । साथै फिल्मले धनी र गरिब बिच हुने सच्चा मायाप्रेमको कुरालाई पनि फिल्ममा समावेश गरिएको निर्देशक चौधरी बताउँछन् ।

 

फिल्म एकआपसमा जुधिरहेको अवस्थामा कुनै पनि हालतमा भेटी कार्तिक ३ गतेबाट पछी नहट्ने निर्माता नारायण खतिवडाले जिकिर गरे । 'मेरो फिल्म राम्रो छ मैले दु:ख र मेहनत गरेको छु र पछिल्लो समयमा सामाजिक र पारिवारिक फिल्मको अभाबमा भेटीले आमा नेपाली दर्शकको चाहना पुरा गर्नेछ । त्यसैले मलाई कुनै डर छैन', निर्माता खतिवडाले भने । जोमसोम, मुक्तिनाथ, पोखरा, सौराहा र राजधानीमा सुटिङ गरिएको भेटीमा रेखा थापा, प्रमोद खड्का, रागिनी खड्गी, राजेन्द्र खड्गी, विष्णु सापकोटा र बाल कलाकारको रुपमा निर्माता सञ्जोग खतिवडालाई मुख्य भूमिकामा भेटिमा देख्न पाईन्छ ।



भेटी पछी खतिवडाले लगानी गरेको फिल्म लफडा यती बेला पोस्ट-प्रोड्क्सनमा व्यस्त छ । लफडाको पोस्ट-प्रोडक्सनको काम सकिए लगत्तै तेस्रो फिल्म हनिमुनको फ्लोरमा जाने र हनिमुनका लागि होमवर्क भईरहेको निर्माता खतिवडाले फिल्मीखबरलाई जानकारी दिए । खतिवडाको भेटीले कत्तिको भेटी संकलन गर्ने हो त्यसका लागि कार्तिक ३ गतेलाई कुर्नु पर्ने हुन्छ ।