मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मालतीलाई लिएर नन्दिता कतार जाँदै

फिल्मीखबर, काठमाण्डौ, 2012/09/03

हाल फुर्सदमा रहेकी नायिका नन्दिता केसी यहि मंगलबार कतार जाँदै छिन् । आफू अभिनित पछिल्लो फिल्म 'मालतीको भट्टी' रिलिज गर्न नन्दिता कतार जान लागेकी हुन् ।

 

फिल्मीखबरसँगको भेटमा नन्दिताले आफ्नै पहलमा कतारमा मालतीको भट्टी चलाउन लागेकाले त्यसतर्फ प्रस्थान गर्न लागेको बताईन् । सेप्टेम्बर ७ तारिखका दिन कतारमा हुने फिल्मको बिशेष शोमा नन्दिताले कतारमा रहेका नेपाली दर्शकहरूसँग फिल्म हेरेर प्रतिक्रिया लिनेछिन् । 'फिल्म लिएर जान लागेको यो मेरो पहिलो बिदेश भ्रमण हो त्यसैले नयाँ अनुभव लिंदैछु', यसअघि धेरै पटक बिदेश भ्रमण गरिसकेकी नन्दिताले भनिन् ।

 

कतारमा एक साता भन्दा बढि समय बिताउने तरखर गरेकी नन्दिताले त्यहिं तीज बिशेष कार्यक्रम गर्ने योजना बनाएको बताईन् । उनले भनिन्, 'गायिका देविका केसी ज्यूले तीज कार्यक्रम गर्नुपर्छ भन्नु भएको छ सायद गर्छौं होला ।' यदि सोचे अनुरूपले कार्यक्रम भएका कतारमा रहेका नेपालीहरू माझ नन्दिता छमछमी नाच्ने शुरमा छिन् । कतारमा नाच्न नपाएको खण्डमा उनलाई न्यास्रो भने लाग्ने छैन किनकी उनी १४ सेप्टेम्बरमा कुवेतमा हुन लागेको तीज बिशेष कार्यक्रममा भाग लिनेछिन् ।

 

'कतारमा नभए पनि कुवेतमा भने मज्जाले नाच्छु', नन्दिताले उत्साहित हुँदै भनिन्, 'कोमल ओली र सुनिता दुलालको तीज गीतमा दिल खोलेर नाचिन्छ ।' कुवेतको कार्यक्रम सके लगत्तै नन्दिता नेपालमा पनि तीज मनाउन आउने छिन् । उनी भन्छिन्,'यस पटकको तीजमा नेपालमा पनि मज्जाले नाच्ने योजना बनाएकी छु ।' नन्दिता १२ सेप्टेम्बरमा कुवेत पुग्ने छिन् ।