असोज १२ गते देशभर एकसाथ रिलिजको तयारी गरेको फिल्म भिसा गर्ल युनिटले आईतवार नयाँ हल प्रोमो सार्वजनिक गरेको छ । सार्वजनिक प्रोमोले दर्शक कत्तिको तान्छ त्यो बिस्तारै थाहा हुँदै जान्छ तर पछिल्लो पटक सार्वजनिक गरिएका गीत र प्रोमोले भने दर्शकको ध्यान तानेको देखिन्छ । अब फिल्मले नै दर्शकलाई कति आकर्षित गर्छ त्यो भोलीको कुरा ।
सिजी इन्टरटेन्मेन्ट प्रालीको निर्माणमा प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको सो फिल्ममा ऋचा शर्मा, बिनय श्रेष्ठ, कर्मा, रेमनदास श्रेष्ठ, रिमा विश्वकर्मा, सलोनी राजभण्डारी र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । कलाकार ऋचा र विनयको सह-निर्माण रहेको लाईट कमेडी फिल्म भिसा गर्ल विदेश जाने धुनमा रहेका युवापुस्तालाई केन्द्रित गरेर निर्माण गरिएको हो । निर्देशक श्रेष्ठको लेखन रहेको सो फिल्म हालको काठमाडौं परिवेशमा बस्ने युवाहरुको सपना र आकांक्षाको वरिपरी घुमेको बताईएको छ ।

