मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उत्कृष्ट नाम पठाउनेलाई १० हजार !

फिल्मीखबर, काठमाण्डौ, 2012/09/02

स्क्रिप्ट राईटर प्रदिप भारद्धाजले बिशुद्ध नेपाली पन बोकेको फिल्मको नाम कसैले दिएमा उसलाई १० हजार रूपैंया दिने बताएका छन् ।

 

फिल्मीखबरसँग कुरा गर्दै प्रदिपले जो कोहीले पनि फिल्मको नाम पठाउन सक्ने र कथा सुहाउँदो उत्कृष्ट नाम पाए १० हजार ईनाम दिने बताए । उनले केहि दिन अगाडी सामाजिक संजालमा प्रस्तुत कुरालाई व्यक्त पनि गरे र उनलाई थुप्रै नामहरू आए तर अझै उनले खोजे जस्तो नाम पाएका छैनन् । प्रदिप भन्छन्, 'फिल्मको कथा सुहाउँदो नाम अझै पाएको छैन । पाउने बित्तिकै ईनाम पनि दिन्छु ।'

 

पछिल्लो समय नेपाली फिल्ममा अंग्रेजी नाम बढि प्रयोग हुन थालेको र दर्शकहरूबाट नेपाली पन बोकेको नाममा फिल्म बन्न छाडेको प्रतिक्रिया पाएको भन्दै प्रदिपले दर्शकहरूलाई नै फिल्मको नाम छनोट गर्ने अवसर दिएका हुन् । एउटी साधारण केटी र ग्याङस्टार युवकको प्रेम कथालाई मुख्य थिम बनाईएको फिल्मको नाम प्रेम झल्किनु पर्ने प्रदिप बताउँछन् ।

 

प्रदिपले लेखेको पछिल्लो फिल्म 'सो सिम्पल' अहिले रिलिजको क्रममा छ भने उनले थुप्रै फिल्मको कथा दर्शक सामु पस्किसकेका छन् । प्रदिपले लेखेको सो सिम्पल यहि कार्तिक ३ गते रिलिज हुँदैछ जसलाई शिब रेग्मीले निर्देशन गरेका हुन् ।