Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

झरना बज्राचार्य फेरि फिल्ममा देखिदै

फिल्मीखबर, काठमाण्डौ, 2012/09/02

कोही मेरो रिलिज पश्चात अभिनयबाट सन्यास घोषणा गरेकी अभिनेत्री झरना बज्राचार्यले नयाँ फिल्म साईन गरेकी छिन् । मलेसियन नागरिक राहुल अग्रवाल र अष्ट्रेलियन एनआरएन बसन्त भण्डारीको लगानीमा गत बिहिबार देखि गुपचुप शैलीले सुटिङ भईरहेको 'सेफ ल्याण्डिङ' का लागि उनले साईन गरेको खबर प्राप्त भएको हो । यो बिषयमा प्रोडक्सन टिमसंग फिल्मीखबरले केही प्रश्न सोधेको थियो जसले आफ्नो फिल्मको लागि झरना बाहेक अरु फिट हुने क्यारेक्टर नदेख्दा उनलाई अनुबन्धन गरेको जनाएको छ ।

 

झरनाले सन्यास घोषणा गरेको केही महिना पश्चात प्रशन्न पौडेलको मेरो बेष्ट फ्रेन्ड खेल्ने निश्चित थियो तर उनी यूकेबाट नेपाल फर्किन ढिला भएपछि उनको स्थानमा प्रशन्नले प्रियंका   कार्कीलाई लिएका थिए । ड्रग माफियाको कथा रहेको  सेफ ल्याण्डिङमा झरना प्रहरी ईन्सपेक्टरको भूमिकामा देखिने छिन् । बिहिबार देखि सुटिङ सुरु भए पनि झरनाले मंगलबार देखि सुटिङ जोईन गर्दैछिन् । सो फिल्मका अर्का प्रमुख कलाकार निरज बराल हुन जसको पहलमा विदेशी लगानीकर्ताले यो फिल्म बनाएका हुन् ।

 

निरज नेगेटिभ सेटमा ग्याङस्टारको भूमिकामा देखिने भएकाले उनले अरबियन लुक्स बनाएका छन् । फिल्ममा निरज सहित लुट फिल्मका कलाकार सुशिल पाण्डे, सुमिना घिमिरे, दीपशिखा शाही, विएस राणा र रश्मि भट्ट पनि देखिने छन् । मलेसिन डाईरेक्टर सन्दीप जोसेपले निर्देशन गरिरहेका छन् भने फिल्म खिच्ने काम भारतीय सिनेमाटोग्राफर जोन ज्याक अपले गरिरहेका छन् । सो फिल्मका लागि भारतबाट आर्ट डाईरक्टर लतिकालाई पनि उक्त टिमले ल्याएको छ ।

 

एक करोड बजेट नाघ्ने उक्त फिल्म २३ दिनमा प्यकअप गर्ने लक्ष्य रहेको प्रोड्यूसर भण्डारीले जानकारी दिए । उनले भने, 'एउटा स्ट्याण्डर्ड फिल्म दिने लक्ष्य सहित हामीले फिल्म मेकिङमा हात हालेका हौ त्यसैले बजेट एक करोड स्वत क्रस हुन्छ । प्रोड्यूसर भण्डारीका अनुसार फिल्मको डविङ बाहेकका सम्पूर्ण पोष्ट-प्रोडक्सन मेलेसिया वा सिंगापुर मध्ये कुनै एक देशमा गरिने भएकाले बजेट हाई हुने निश्चित भएको हो ।  

 

नो वरिज फिल्मस प्रालिको ब्यानरमा निर्माण भईरहेको सो फिल्मको एक मात्र आईटम गितका लागि राजन ईसानले म्यूजिक तयार पारेका छन् भने थ्रील हिमाल केसीको रहने छ । सम्पूर्ण स्क्रिप्ट डाईरेक्टरले तय गरेको उक्त  फिल्मको डाईलग शान बस्न्यातले लेखेका छन् । उनले यो फिल्मको स्क्रिप्टलाई एक शब्दमा बबाल भनी तर्क दिए । २४ बर्षे युवा स्क्रिप्ट राईटर बस्न्यात उद्योगका लागि धेरै सम्भावना बोकेका नयाँ अनुहार हुन् जसको पहिलो स्क्रिप्टमा थ्रीडी फर्मयाटको पहिलो नेपाली फिल्म भिजिलान्तेको  सुटिङ सुरु भइसकेको छ ।