Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौ २९ मा करिश्मा अमेरिका उड्ने निश्चित

फिल्मीखबर, काठमाण्डौ, 2012/09/02

दुई महिना अघि देखि अमेरिका जाने तयारी गरिरहेकी अभिनेत्री करिश्मा मानन्धर भदौ २९ गते अमेरिका उड्ने निश्चित भएको छ । केही महिना अघि आफ्नी एक मात्र छोरी कवितालाई अमेरिका पठाएकी उनी छोरीकै कारण अमेरिका उड्न लागेकी हुन् ।

 

'कबुको कलेजमा केही पेपर मिलाउन म नगई भएन त्यसैले १४ तारिखमा उता जाने निश्चित भएको छ', शनिबारको भेटमा उनले फिल्मीखबरसंग बताईन् । केही बर्षे अमेरिका बसाई पश्चात २००९ को अन्त्यमा पुनः नेपालमै बस्ने गरी फर्किएकी उनी यो पटक भने डिसेम्बरको लाष्ट सम्म अमेरिकामा रहने छिन् । करिश्माको अनुसार सम्भवत उनी स्वर्गीय  ससुराको बार्षिक कार्यक्रम सक्न उतैबाट लण्डन पनि प्रस्थान गर्ने छिन् ।

 

फेब्रुअरीमा बुवाको बार्षिक कार्यक्रम रहेकाले  बीचको केही दिने ग्यापमा नेपाल आएर लण्डन पनि जान सक्छु तर अहिलेको सोच चाहि उतैबाट लण्डन जाऊ भन्ने छ हेरौ के हुन्छ', उनले भनिन् । अमेरिका जाने तयारीका कारण उनले प्रस्तावमा आएका आधा दर्जन फिल्मलाई रिजेक्ट गर्दै आएकी थिईन् । उनको पछिल्लो फिल्म मायाज बार हो भने केही फिल्महरु अझै रिलिज हुन बाँकी छन् ।



अरुणिमा पनि २० गते उड्ने
सन्तान प्राप्ती पछि फिल्ममा कमब्याक हुन नसकेकी अरुणिमा लम्साल एक महिनाका लागि अमेरिका जाने भएकी छिन् । विवाह पश्चात दिल खोलेर पतिका साथ घुम्न नसकेकी उनी यो पटक भने एक बर्षे छोरीका साथ  हनिमुन स्टाईलमा रमाईलो गर्ने मुडमा छिन् । उनी आउदो २० गते अमेरिका तर्फ लाग्दै छिन् ।