
आईमाई ! आईमाई ! आईमाई !!! आगामी शुक्रबार रिलिज हुन लागेको फिल्म 'फेसबुक' मा अभिनेता सुवास थापाले बोलेको यो डाईलग अहिले निकै चर्चामा छ । फिल्म भित्र सुवासले यो डाईलग किने बोले त्यो फिल्म रिलिज भएपछि थाहा नै हुनेछ तर यहि आईमाई शब्दले सुवासको पारिवारिक जीवनमा ठूलै उथलपुथल ल्याउने देखिएको छ ।
कुरा नघुमाई भन्दा २०६० सालको छेकोमा विनिता खड्कासंग पहिलो बिबाह गरेका सुवासको दोस्रो पनि बिहे भएको रहस्य सार्वजनिक भएको छ । फिल्मीखबरलाई एक्सक्लुसिभ रूपमा प्राप्त खबर अनुसार सुवासले बि.स. २०६८ साल श्रावण २ गते हल्याण्डकी सुनन्दा चन्द्र कोनिङसँग दोस्रो बिबाह गरेका छन् । जसको प्रमाण स्वरूप फिल्मीखबरले भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सुवासले सुनन्दासँग बिबाह गरेको सर्टिफिकेट फेला पारेको छ ।
हल्याण्डकी फोटोग्राफर तथा फेसन डिजाईनर सुनन्दासँग सुवासको करिब ४ बर्ष देखि अफयर चलेको बुझिएको छ । पहिलो श्रीमती तर्फ दुई छोरीका बाबु रहेका सुवास र सुनन्दाको मायाको चिनो स्वरूप अहिले एक बर्षको छोरा पनि छ जसको नाम सिदार्थ थापा राखिएको छ । छोरो जन्मिनु भन्दा तीन महिना अगाडी सुवास र सुनन्दाले औंठा छाप लगाएर कानुनी रूपमा नै बिबाह गरेको फिल्मीखबर स्रोत बताउँछ ।
फिल्मीखबर श्रोत अनुसार सुवास र सुनन्दाको २००९ अप्रिल महिनामा स्वयम्भु स्थित एक होटलमा भेट भएको हो । सुवास हाल भिजिलान्तेको सुटिङका क्रममा धादिंग स्थित गल्छीमा छन् जसकारण यो बिषयमा उनीसंगको प्रतिक्रिया लिने प्रयास असफल भएको छ । सुवासको पहिलो पत्नी र दुई छोरी सम्बन्धीत समाचार र तस्बिरका लागि तलको हेडलाईनमा क्लिक गर्नुहोस ।
बिबाहित सुवासका दुई सन्तान
फेसबुक प्रोमोमा सुवासको आइमाई डाईलग हेर्नुस ।