मिति : २०८२ ज्येष्ठ २२, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

दुई बर्ष पछि फिल्म उद्योगका राजा फर्किदै

फिल्मीखबर, काठमाण्डौ, 2012/09/01

झण्डै दुई बर्ष हराएका नेपालको पहिलो फिल्म कलेज ओस्कार कलेज अफ फिल्म स्टडिजको पहिलो ब्याजका निर्देशक रामराजा दाहाल नयाँ प्रोजेक्ट गर्ने शुरमा छन् । कसम हजुरको, बसमा छैन यो मन र गुरु दक्षिणा रिलिज पश्चात उनी कहाँ हराएका थिए त्यो अत्तोपत्तो थिएन तर एक्कासी उनी पाँच महिनाको अन्तराल राख्दै दुई वटा फिल्म निर्देशन गर्ने सुर कसेर फर्किएका छन् ।


शुक्रबार फिल्मीखबरसंगको भेटमा यि रजतपटका राजाले असोज १५ देखि नयाँ फिल्म निर्माण गर्ने बताए । 'म हराएको हैन किनकी मैले बटालियन फाईभको पुरै प्रि-प्रोडक्सन र जीवन तिम्रै लागिको स्क्रिप्ट सकेको थिएँ तर विविध कारणले यि दुई फिल्म बन्न नपाएकाले यस्तो देखिएको मात्र हो', उनको तर्क थियो । विघटित संविधानसभाका सभासद केशव प्रसाद मैनालीका छोरा सुशाङखलाई लिएर उनले बटालियन फाईभ निर्माण तयारी गरेका थिए तर फ्लोरमा जाने दिन नजिकिएको समयमा सुशाङख दुर्घटनामा परेपछि सो प्रोजेक्ट अन्तिम समयमा आएर क्र्यास भएको थियो । यो दुई बर्षको अन्तरालमा उनले पछिल्लो तीन महिना देखि रत्नपार्क नजिकै भोटाहिटीमा रेष्टुरेन्ट खोलेर ब्यावसायीको अनुवभ पनि बटुलेका छन् ।


भाईरस टाईटल तय रामराजाको नया प्रोजेक्टलाई उनले नै खोलेको कम्पनी डिम वर्क फिल्म प्रालिको ब्यानरमा निर्माण गरिन लागिएको हो । सो प्रोजेक्ट रामराजाले केही साथीहरुसंग मिलेर गर्न लागेका हुन् । यो फिल्ममा उनले हिरोको रुपमा आदित्य बुढाथोकी लिने भएका छन् जसले संगीतकार सुरेश अधिकारीको निर्माणमा रामराजाले नै निर्देशन गरेको तर रिलिज हुन नसकेको फिल्म 'तिमी मेरो म तिम्रो' खेलिसकेका छन् । यसैगरी हिरोईनमा प्रियंका कार्की मौखिक फाईनल भएको उनले बताए ।


डार्क स्टोरी भाईरसको कथा पुरुष पात्र हाईलाईट गरि तयार गरिएको बताईएको छ जसलाई सुबास सिंह बस्न्यातले लेखेका हुन् । यसैगरी संगीत मानक सुवेदीले तयार गरेका छन् भने फिल्मलाई अपवाद खिचेका सुसन प्रजापतिले खिच्ने रामराजाले बताए । निर्देशक दाहालका अनुसार भाईरस यथार्थ घटनामा आधारित हुनेछ । यसैगरी फागुनमा सुरु हुने भनिएको उनको अर्को प्रोजेक्ट मायाका फुलहरुको  स्क्रिप्टलाई शान बस्न्यातले तयार पारिरहेको उनले बताए ।