
असोज १२ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'लेटर' एक साता पर धकेलिएको छ । खासगरी फिल्मको पब्लिसिटी कम हुने छाँटकाँट देखेर निर्माण युनिटले डेट सारेको बताईएको छ ।
उत्तम प्रधानको मुख्य भुमिका रहेको फिल्म लेटर उत्तमकै अर्को फिल्म इशारासँग जुध्ने भएकाले पनि रिलिज मिती हेरफेर गरिएको बुझ्नमा आएको छ । केहि दिन अगाडी आफ्नो फिल्मको पब्लिसिटीका लागि नेपाल आएका उत्तम केहि सञ्चारमाध्यममा पुगि अहिले सिक्किम फर्किसकेका छन् । यस्तै लेटरका अर्का कलाकार बिशाल चाम्लिङ पनि नेपाल आएर सिक्किम फर्किसकेका छन् । फिल्मको रिलिज सरेकाले उनीहरू केहि दिनको नेपाल बसाई पछि आफ्नो कर्मथलो फर्किएका हुन् ।
प्लाईङ फिस फिल्म्सको व्यानरमा अनुप ठटालले निर्माण गरेको सो फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । फिल्ममा उत्तमको साथमा बिशाल चाम्लिङ, एनी जिम्बा, रिती राई, अनुप ठटाल, अरूण रेग्मीको मुख्य भुमिका रहेको छ । सत्यस्वरूपको संगीत रहेको लेटरलाई सागर प्रधानले खिचेका हुन् । फिल्ममा सुजिल कर्मचार्यले व्याकग्राउण्ड संगीत भरेका छन् । फिल्मलाई भारतको सिक्किममा निर्माण गरिएको हो ।