Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

फेसबुकलाई १३ बर्ष मुनिकाले अभिभावकसँग हेर्नुपर्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/08/31

सामाजिक संजाल फेसबुकको बिषयमा आधारित रहेर निर्माण गरिएको सस्पेन्स थ्रील फिल्म 'फेसबुक' लाई १३ बर्ष मुनिका बालबालिकाहरूले अभिभावक बिना फिल्म हेर्न नपाउने भएका छन् । शुक्रबार सेन्सर बोर्डले फिल्म हेरेपछि पिजी सर्टिफिकेट थमाउँदै केहि संवाद समेत काटेको निर्माता सुनिल कुमार थापाले फिल्मीखबरलाई जानकारी गराए ।

 

फिल्म भित्रका द्धन्दका दृश्य हेरेर बालबालिका डराउन सक्ने खतरालाई ध्यानमा राखेर बोर्डले पिजी सर्टिफिकेट थमाएको हो । फिल्मीखबरसँग कुरा गर्दै निर्माता थापाले भने, 'दृश्यमा सेन्सरले आपत्ति जनाएन तर केहि संवाद छाडा भएको भन्दै आपत्ति जनायो ।' बोर्डले फिल्मका पात्र सुवास थापा, विल्सन विक्रम राई र सुमन गैरेले बोलेका केहि संवादमा आपत्ति जनाएको निर्माता थापा बताउँछन् । बोर्डले हटाउन लगाएको संवाद आफूलाई भने छाडा नलागेको सुनिलले बताए ।

 

सुरज सुब्बा निर्देशित फिल्म फेसबुकमा राजेश हमाल, झरना थापा, सुवास थापा, स्वतन्त्र प्रताप शाह, अनुराग मान सिंह कुवँर, विल्सन विक्रम राई, सुमन गैरे लगायतको मुख्य अभिनय रहेको छ । बेरोजगार युवाहरूको समस्यालाई चित्रण गरिएको यो फिल्म भाद्र २२ गतेबाट देशभरका अधिकांश सिनेमा घरमा लाग्नेछ ।