Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(33 votes, avg 4.12/5.00)
Text size:-
+
-

सानो सलोन ठूलो हुँदा यस्तो भए

फिल्मीखबर, काठमाण्डौ, 2012/08/31

झण्डै आठ बर्ष पश्चात बाल हिरो सलोन बस्नेत फिल्म उधोगमा ठूलो हिरोको ट्याग भिर्दै कमब्याक हुने भएका छन् । सलोनका निर्देशक पिता शोभित बस्नेतले चाहेको भए उनी   आज भन्दा केही बर्ष अघिनै हिरोको रुपमा डेब्यू गर्थे तर  आफ्नै ब्यानरबाट छोरा सलोनलाई लन्च गर्दा केही नकारात्मक आरोप आउने डरले आफ्नो प्रोजेक्टबाट सलोनलाई   उनले लन्च गरेनन् र केही बर्षे प्रतिक्षा पश्चात शोभितको त्यो योजना अहिले आएर सफल भएको छ ।

कुनै समयका निकै चर्चित र महंगा बाल हिरो सलोनले 'सायद' निर्माण गरेको कम्पनी दुर्गिस फिल्मसको नयाँ प्रोजेक्टमा खेल्ने निश्चत भएको बुझ्नमा आएको छ । जसका लागि अहिले सलोनले तिब्र तयारी गरिरहेका छन् । उनले काठमाण्डू क्रेज डटकमको माध्यमबाट पहिलो पटक फोटो सुट गर्दै आफू यो फिल्डमा कम्ब्याक हुन तयार भएको संकेत प्रष्ट गरी देखाए । संगैको तस्बिरमा उनी बाल अवस्थामा कस्ता थिए र अहिले कस्ता छन् यसको प्रतिक्रिया आ–आफ्नै तरिकाले आउला तर उनी बाल कलाकार हुँदा नम्बर वान थिए । उनले त्यतिबेलाको समयमा पनि एउटा फिल्म खेले बापत एक लाख एकानब्बे हजार सम्म लिएका थिए । '२०५२ सालमा मैले राजकुमार निर्देशन गरेपछि अरु फिल्म पाईन त्यतिबेला देखि झण्डै आठ बर्ष मैले सलोनले कमाएको पैसाले घर चलाएँ', शोभितले छोराको ब्यस्तता पल्टाउदै भने ।



छोटो समयमा सलोनले झण्डै चालिसको संख्यामा बाल कलाकार भएर फिल्म खेलिसकेका छन् । उनले आठ बर्षको उमेरमा भुवन केसीले बनाएको फिल्म 'नेपाली बाबु' बाट बालकलाकारको रुपमा आफूलाई स्थापित गराएका थिए । संयोग भनौ वा लक सलोनले खेलेको पहिलो फिल्म नेपाली बाबु र पछिल्लो पटक हामी तिन भाई सुपर हिट फिल्म हो । शोभितले हाल सम्म २५ वटा फिल्म निर्देशन गरेका छन् त्यस मध्ये कर्णबीर, आर्मी र मन मात्र सालोनले खेलेका छन् । 'करिब ६ वटा बाहिरको फिल्म गरेपछि मात्र म उसलाई आफ्नो हिरो बनाउछु', शोभित भन्छन् । उनले छोराका लागि युवराज टाईटलको स्क्रिप्ट पनि तयार गरेर राखेको डेढ बर्ष भईसक्यो ।

 

शोभितका अनुसार सफल वितरक एवं निर्माता नरेन्द्र महर्जनको दुई फिल्ममा पनि सलोन हिरो हुने निश्चित भईसकेको बताईएको छ । बिबिएस तेस्रो बर्षमा अध्ययनरत सलोन अहिले २२ बर्षका भएका छन् जसको लुक्स हिजोको सलोन भन्दा आज धेरै परिवर्तन भएको देखिन्छ ।

नोट : दुर्गिस फिल्मको नयाँ प्रोजेक्टमा नीर शाहका छोरा आयुष र भुवन केसीको छोरा अनमोल पनि खेल्ने भनिएको थियो तर पारिश्रमिकमा कुरा नमिल्दा सो कम्पनीले अनमोलसंग सम्झौता भने गर्न सकेन । दुर्गिस फिल्मले अनमोलको स्थानमा नयाँ कलाकार फाईनल गरेको छैन यध्यपी अशोक शर्माको छोरा अंकितसंगको समय मिलेको खण्डमा अशोकका छोराले अनमोलको रोल निभाउने बताईएको छ ।
   
तस्बिर सौजन्य : काठमाण्डू क्रेज डट कम