Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ह्याप्पी बर्थ डे राजबल्लभ !

फिल्मीखबर, काठमाण्डौ, 2012/08/31

हलिउड फिल्म हाईवे टु धम्पुसको बाँकी सात प्रतिशत सुटिङका लागि अमेरिका गएका राजबल्लभ कोईरालाको आज जन्मदिन हो । हिरो भएपछिको पहिलो विदेश भ्रमण समेत रहेको उनको  यो यात्रा गत श्रावण २८ देखि सुरु भएको हो ।

 

अमेरिका उड्नु अघि बल्लभले भनेका थिए, 'सेप्टेम्बरको लाष्ट तिर सुटिङ सुरु हुनेछ ।' यध्यपी सुटिङ गरिएको नगरिएको औपचारिक जानकारी प्राप्त भएको छैन । आजबाट उनी तीस बर्षका भएका छन् । पाँच बर्षको फिल्मी करिअरमा कुनै पनि हिरोईनसंगको अफएयर गसिपमा नपरेका उनी पछिल्लो डेढ बर्ष यता बैङकर्स रविना देशराज श्रेष्ठसंगको गसिपमा जोडिएका छन्  ।

 

नयाँ खोलेको फेसबुक एकाउन्टमा शुभकामना ब्यक्त गर्नेहरुका लागि कृतज्ञता ब्यक्त गर्दै बल्लभले सवैलाई धन्यवाद दिएका छन् । अमेरिकामा उनका भाई र बहिनी रहेकाले उनले भाईबहिनी र केही आफन्त माझ बर्थडे केक काट्ने छन् । उनी तिहार पछि नेपाल फर्कदैछन् ।