मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

भिसा गर्लको नयाँ प्रोमो

फिल्मीखबर, काठमाण्डौ, 2012/08/30

यसअघि सार्वजनिक गरिएका पोस्टर, गीत तथा प्रोमोबाट राम्रो प्रतिक्रिया पाएको फिल्म भिसा गर्ल युनिटले पुन: नयाँ प्रोमो सार्वजनिक गरेको छ । ३१ सेकेन्डको उक्त सार्वजनिक प्रोमोलाई पनि दर्शकले रूचाउने निर्माण पक्षले बिश्वास लिएको छ ।

 

असोज १२ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको सो फिल्मलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् । सिजी इन्टरटेन्मेण्टको व्यानरमा निर्माण गरिएको सामाजिक लाईट कमेडी उक्त फिल्ममा ऋचा शर्मा, बिनय श्रेष्ठ, कर्मा, रेमनदास श्रेष्ठ, रिमा विश्वकर्मा, सलोनी राजभण्डारी र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । कलाकारद्धय ऋचा र विनय सो फिल्मका सह-निर्माता पनि हुन् ।

 

फिल्मको कथा हालको काठमाडौं परिवेशमा बस्ने युवाहरुको सपना र आकांक्षाको वरिपरी घुमेको बताईएको छ जसको लेखन निर्देशक श्रेष्ठले नै गरेका हुन् । कालिप्रसाद बाँस्कोटा र कनैहा सिंहको संगीत रहेको सो फिल्मलाई शिबराम श्रेष्ठले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यको रहेको छ ।