मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फिल्मीखबर अवार्डको जुरी लुकाईयो

फिल्मीखबर, काठमाण्डौ, 2012/08/30

अवार्डको बिषयमा जुरीमाथी आउने दबाबलाई रोक्न फिल्मीखबर डिजिटल फिल्म अवार्ड २०६९ को जुरीहरू सार्वजनिक नगरिने भएको छ । भर्खरै मात्र जुरीहरूले अवार्डका लागि फिल्म हेरे तर को-को जुरीले हेरे आयोजकले सार्वजनिक गरेन ।

 

अवार्ड आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले यसअघिका अवार्ड कार्यक्रममा जुरीलाई बिभिन्न किसिमका दबाब तथा आश्वासन दिने गरेकाले यसपटक जुरीको नाम सार्वजनिक नगरिएको बताए । उनले भने, 'अवार्डलाई सम्मानित र मर्यादित बनाउने हाम्रो उद्देश्य हो र हाम्रो जुरीमाथी कुनै दबाब नआओस् भनेर जुरीको नाम लुकाईएको हो ।'
 

नेपाल चलचित्र संघको हलमा १३ दिन लगाएर पाँच जना जुरीहरूले २६ वटा फिल्मलाई अवलोकन गरे । जुरीले गरेको अवलोकन पश्चात अबको एक साता भित्रमा तिनै २६ फिल्म मध्येबाट ३४ बिधाका लागि फिल्मको नोमिनेशन सार्वजनिक गरिनेछ भने जुरीहरूको नाम नोमिनेशन सार्वजनिक गर्ने दिन मात्र सार्वजनिक गरिने छ । चौंथो संस्करणको यो अवार्ड वितरण असोज तेस्रो साता तिर गरिने अध्यक्ष प्रियले जानकारी गराए ।

 

यसपटकको अवार्ड कार्यक्रम अन्य बर्षको भन्दा बिशेष हुनेछ । किनकी ०६८ सालका ब्लकबस्टर फिल्म लुट र चपली हाईटको साथमा सोही बर्षका अन्दाज, आई एम सरी, मिस यू, के यो माया हो, रावण, ब्रेकफेल, मेरो लभ स्टोरी जस्ता चर्चित फिल्म प्रतिष्पर्धामा उत्रेका छन् । व्यवसायिक रूपमा लूट र चपली हाईटले पैसा लुटे अब अवार्ड कुन फिल्मले लुट्ने हो त्यसका लागि केहि समय फर्कनु पर्नेछ ।