मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फुलस्टपसँगै नमस्ते र बर्षात

फिल्मीखबर, काठमाण्डौ, 2012/08/30

भोली शुक्रबार तीन नयाँ फिल्म प्रदर्शनमा आउँदैछन् । जसमध्ये फुलस्टप देशभर एकसाथ प्रदर्शनमा आउँदैछ भने बर्षात राजधानी बाहिर र नमस्ते राजधानीमा मात्र रिलिज हुनेछ ।

 

कमलकृष्ण पौड्यालको निर्देशनमा मोहनकृष्ण श्रेष्ठ, बेनी ज्योती गुभाजु र गजेन्द्र रञ्जितले संयुक्त रूपमा निर्माण गरेको फिल्म फुलस्टप देशका करिब ४ दर्जन हलमा लाग्ने निर्माण युनिटले जानकारी दियो । सस्पेन्स थ्रील उक्त फिल्ममा बिनिता बराल, सबिन श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ, बेनी ज्योती गुभाजु र गजेन्द्र रञ्जितको साथमा निर्देशक कमलकृष्णको अभिनय हेर्न सकिनेछ । यो फिल्ममा १६ बर्ष मुनिका दर्शकले भने हेर्न पाउने छैनन् ।



फुलस्टपकै निर्माताद्धय मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितको संयुक्त लगानी रहेको फिल्म बर्षातलाई सानु शाक्यले निर्देशन गरेका हुन् । फुलस्टप कै नायक सबिन श्रेष्ठको साथमा यो फिल्ममा रेखा थापा र निर्मल सेन्चुरीको मुख्य अभिनय हेर्न सकिनेछ । यो फिल्म राजधानीमा भने असोज ५ गते लाग्ने बताईएको छ ।

 

क्यू सिस्टमबाट रिलिज हुन लागेको फिल्म नमस्तेलाई बिजय बिक्रम बस्नेतले निर्देशन गरेका हुन् । कमेडी शैलीको यो फिल्ममा दिलिप रायमाझी, सोनिया केसी, कल्पना शाही, राजीव हिमशिखा लगायतको अभिनय रहेको छ । ज्ञानकुमार चापागाइँले निर्माण सो फिल्म राजधानी बाहिर भाद्र २२ गते रिलिज हुने बताईएको छ ।