Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सुरेश अधिकारी बाहेक अरुसँग काम नगर्ने डिसीको अडान

अनुप भट्टराई, काठमाण्डौ, 2012/08/30

सम्बन्धको डोरी कहाँ सम्म बाटिन्छ त्यो भोलिको कुरा तर निर्देशक दिनेश डिसीले आफ्नो सम्बन्ध यहि तरिकाले अघि बढिरहेमा आफ्ना हरेक फिल्मका संगीतकार सुरेश अधिकारी नै हुने बताएका छन् ।


विगत सात बर्षदेखिको उनीहरुको चिनजान अहिले नङ र मासुको जस्तो छ । किनकी दिनेशलाई हानेको सानो व्यङग्यले सुरेशको मन दुख्छ भने सुरेश प्रतिको कटाछले दिनेशको मुटु छेड्छ । सात बर्ष अघिको आफ्नो फिल्म सावधानमा पहिलो पटक सुरेशसंग काम गरेका डिसीले दोस्रो फिल्म दाईको ससुरालीमा चाहेर पनि सुरेशसंग काम गर्न सकेनन् किनकी फिल्म निर्माण गरेका कमेडियन गायक प्रकाश ओझाले आफ्नै शब्द संगीतमा गीत तयार पारेकाले दिनेशले सो समयमा सुरेशसंग काम गर्न नपाएका हुन् ।  


यध्यपी मित्रतालाई कदर गर्न उनले टेलिभिजन रियालीटि शो खोजी प्रतिभाको दुई वटै सिजनमा सुरेशलाई निर्णायकको रुपमा उभ्याईदिए जसको सफलताले  उनीहरुको सम्बन्धको रंग थप गाडा बनाईदियो । खोजी प्रतिभाको सफलतासंगै दिनेशले मायाज बार निर्माण गरे जसमा पनि सुरेशकै शब्द संगीत अटाईएको थियो ।  समिक्षकको नजरमा फिल्मको रिभ्यू मिश्रीत पाएका डिसीले सर्वप्रथम मायाज बारको तारिफ संगीतबाट पाए जसकारण उनले निर्णय गरे अब आफ्ना सवै फिल्मका संगीतकार सुरेश अधिकारी  ।  


हाल चौथो फिल्म हिरोईन निर्देशनका लागि ब्यस्त रहेका डिसीले बुधबार सो फिल्मको एउटा गीत सुरेशकै शब्द संगीतमा रेकर्ड गराए । 'नजर नजरमा प्यास छ नशा नशामा तृष्णा सवैलाई मार्‍यो जवानीले हे कृष्ण..' बोलको उक्त गीतलाई श्रेया सोताङले गाएकी छिन् । फिल्मको लागि हिरोईन फाईनल गर्न नसकेको भन्दै सुटिङ सुरु हुन नसकेको सो फिल्मलाई निर्माता रोज राणाले आफैले  निर्देशन गर्ने बताएका थिए तर विविध कारणले फिल्म निर्देशनको जिम्मा रोजले डिसीलाई दिएपछि डिसीले रोज समक्ष सर्त राखेका थिए । उनको आग्रह थियो हिरोईनमा संगीतकारको रुपमा सुरेश र फाईटमा एनवी महर्जन नभए आफूले निर्देशन नगर्ने । जुन सर्त भनौ वा आग्रह जसलाई रोजले सजिलै स्वीकारेपछि हिरोईन निर्देशन गर्न डिसी ईच्छुक तयार भएका  हुन् ।

 


 हेर्दा संगीतकार  अधिकारीका भाई जस्ता देखिने तर उमेरले दाई नै रहेका डिसीले भने  'एनवी र सुरेश भाईसंग एक किसिमिको आत्मयिता छ त्यसैले म जुन प्रोजेक्ट गर्छु त्यस प्रोजेक्टको निर्मातासंग मेरो अग्रह हुनेछ म संगै उहाँहरु पनि हुनुपर्ने' । मायाज बारबाट पाएको चर्चासंगै डिसीले आउदो डेढ बर्षको पिरियडमा सात वटा फिल्म निर्देशन गर्ने निश्चित भएको छ । गत साउन २४ गते उनलाई प्रदीप उदयले सुकुलगुण्डा निर्देशन गर्ने जिम्मा दिएका छन् भने सोही संगै पाँच करोड बजेटमा निर्माण हुने प्यासको  पनि यहि बर्ष तयार हुने करिब निश्चित छ । जसमा पाकिस्तानी उस्ताद राहात फत्ते अलि खानले गीत गाउने फाईनल पनि भईसकेको छ ।


यसैगरी डिसीले सुरेश र एनवीको साथमा प्यास र सुकुलगुण्डा सहित पाईपलाईन प्रोजेक्ट फुलैफुलको मौसम तिमीलाई, ओ पासङ, तितो सत्य यूनिटको अनटाईटल प्रोजेक्ट र उनको आफ्नै ड्रिम प्रोजेक्ट भक्ति थापामा पनि काम गर्ने निश्चित भईसकेको बताए । उनले भने, 'अबको साढे दुई  बर्षको पिरियडमा यि सवै फिल्म तयार भईसक्छन् ।'


यता सोफिया सिने आर्टसमा पहिलो पटक सुरेश अधिकारी इन्ट्री हुँदा निर्माता रोजको छाति अझै चौडा भएको छ । मुलधारकोको फिल्म बनाउने उनी यो पटक भिन्न शैलीले फिल्म बनाईरहेका छन् जसको तयारी ८ महिना देखिको हो । पहिलो पटक श्रेयासंगको काम गराईमा पनि रोज दङ्ग छन् । उनले भने, 'श्रेयाको आजको रेकर्डिङबाट म पूर्ण सन्तुष्ट छु ।' बरिष्ठ गायक गायिका उदय मनिला शोताङकी छोरी श्रेया नयाँ पुस्तामाझकी लोकप्रिय गायिका हुन् जसको पाश्र्व गायनका लागि डिमान्ड बढ्न थालेको छ ।


यस्तै निर्माता राणाले आफ्नो फिल्मको एक मात्र गीतमा सुरेश अधिकारीले भरेको संगीतले सुनिरहेका हजारौ गीतलाई बिर्साईदिने दाबी गरे । राणाको अनुसार अबको चार दिन भित्र हिरोईन टुङ्गो नलागेको खण्डमा तिहार पछि मात्र सुटिङ सुरु हुनेछ ।