
सरकारी जागिर लगाई दिने र विदेश पठाई दिने बहानामा विभिन्न ब्यक्तिसँग पाँच करोड बढी ठगेको आरोपमा बुधबार अपरान्ह केन्द्रिय अनुसन्धान ब्यूरोको विशेष टोलीद्धारा पक्राउ परेका मनोज बहादुर सिंह अभिनेत्री सुस्मिता बम्जनका पति रहेको रहस्य बाहिरिएको छ ।
एक महिना अघि आफ्नी पहिलो पत्नी मार्फत चौथो सन्तानको रुपमा छोरो जन्माएका सिंहले दुई महिना अघि भुवन केसी पूर्व पत्नी सुस्मितासंग कोट म्यारिज गरेका थिए । जसको प्रमाण स्वरुप यो फोटो फिल्मीखबरले फेला पारेको छ । उक्त फोटो कोट म्यारिज भएको २ दिन पछि बीरगञ्ज स्थित गडिमाई परिसरबाट निस्किदै गरेको अवस्थामा खिचिएको हो । कोट म्यारिज पश्चात मन्दिर दर्शन यात्रामा निस्किएका उनीहरुको साथमा २० जना ब्यक्ति पनि साथै थिए । त्यस मध्ये प्रष्ट गरि चिनिनेमा पूर्व यूवराज पारस शाहका एडिसी एवं ड्राईभर अनिल अधिकारी र दाईजो फिल्मका प्रोड्यूसर सुधन केसी थिए ।
फिल्मीखबरलाई प्राप्त विशेष खबर अनुसार गत बर्षको गणतन्त्र दिवसको दिन देखि मनोजसंग सुस्मिताको अफएयर सुरु भएको बुझिएको छ । हाल बालुवाटरमा एक्लै बस्दै आएकी सुस्मितासंगको कोट म्यारिजको बारेमा मनोजको पत्नीलाई पनि थाहा भएको श्रोत बताउछ । श्रोत भन्छ, 'सुस्मितासंगको अफएयर मनोजको बुढीलाई पनि थाहा छ तर थाहा भएर मात्र के गर्नु कोट म्यारिज नै भईसक्यो ।' हाल ललितपुर स्थित ईमाडोलमा बस्दै आएका सिंहले कोट म्यारिज पूर्व सुस्मिताको एकल निवास बालुवाटारमा धेरै रात पनि बिताएको श्रोत बताउछ । मनोजलाई लाजिम्पाट रानिबारी स्थित भोजपुरे खाजा घरबाट ब्यूरोले समातेको हो ।
सिंहले बेलायत पठाईदिन्छु भन्दै २२ जनासंग प्रति ब्यक्ति चार लाख देखि ८ लाखका दरले लिएको, यसैगरी नेपाल प्रहरीमा जागिर लगाईदिन्छु भनी ३२ जनासंग ५० देखि ८० हजार लिएको साथै नेपाल आर्मीमा पनि जागिर लगाईदिने भन्दै १२ जनासंग ५० हजार देखि ३ लाख सम्म लिएको लगायत नक्कली भिसा तयार गरिदिन्छु भन्दै लाखौ रकम ठगी गरेको ब्यूरोले जनाएको हो । अभिनेत्री सुस्मिताको मनोज बहादुरसंगको सम्बन्धको बारेमा फलोअप न्यूज जारी रहने छ ।