मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्खाष्त भए निलहरी

फिल्मीखबर, काठमाण्डौ, 2012/08/29

एक लाख घुष काण्डमा फसेका चलचित्र बिकास बोर्डका सदस्य निलहरी काफ्लेलाई सञ्चारमन्त्रालयले उक्त पदबाट बर्खाष्त गरेको छ । विदेश भ्रमणबाट नेपाल फर्केको भोलिपल्टै मन्त्री राज किशोर यादवले उनलाई सो पदबाट बर्खाष्त गरेका हुन् ।

 

चाबहिल चुच्चेपाटीमा रहेको केएल सिनेमा सिटी निर्माणका समयमा उनले एक लाख रकम घुष लिएको आरोप लागेपछि उनी विवादमा फसेका थिए जस अनुरुप उनलाई सो पदमा सिफारिस गरेको संस्था चलचित्र निर्माता संघले समेत फिर्ता बोलाएको थियो । तर निर्माता संघले फिर्ता बोलाएको झण्डै दुई महिना हुदा सम्म उनलाई हटाउने बिषयमा मन्त्रीले निर्णय गरिसकेका थिएनन् । तरआज  एक्कासी उनलाई बर्खास्त गरियो ।

 

सञ्चारमन्त्रालय श्रोत अनुसार बोर्ड बैठकको बहानामा हिजो निलहरीले गरेको केही विवादका कारण पनि सञ्चार सचिवको अग्रसरतामा मन्त्रीले उनलाई हटाउन ईच्छा देखाएका हुन् । सदस्य सचिव धनराज ज्ञावालीले म्याद थप नगरी बोर्ड बैठकमा हाजिरी गरेका कारण हिजो निलहरी काफ्ले र बोर्ड कर्मचारीसंग भनाभन चलेको थियो । 'यो कुरा मलाई केही थाहा छैन तर हिजोको घटनाको बिषयमा मलाई बर्खाष्त गरिएको हो भने म कानुनत लड्छु', निलहरी काफ्लले यो बिषयमा प्रतिक्रिया दिए ।


निलहरीले आफू माथी लागेको भ्रष्टचारको आरोपको बिषयमा जिल्ला अदालत काठमाण्डूमा मुद्धा चलाईरहेका छन् । तर अर्को कुरा के छ भने उनी माथिको भ्रष्टचारको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दर्ता भएको छ । अनुसन्धान र मुद्धाको छिनोफानो भोलिको कुरा तर निलहरी बोर्डबाट बर्खाष्त भए पनि बिकास बोर्डका अधिकांश कर्मचारी हर्षित छन् । नाम नखोल्ने सर्तमा एक कर्मचारीले भने, 'यो धेरै पहिले हुनुपर्थ्यो ढिला भए पनि हामी खुशी छौ ।' विशेषत हिजोको बोर्ड मिटिङको निर्णयबाट कर्मचारी कल्याण कोषका लागि आउने २० लाख रकम निलहरीको कारण अनिश्चित भएपछि कर्मचारीहरु रुष्ट भएका थिए ।


निर्माता संघको सिफारिसमा पहिलो पटक सदस्य बनेका निलहरीलाई फिर्ता गरेको निर्णयसंगै उक्त स्थानमा रोज राणालाई पठाउने तयारी थियो तर मन्त्रीले रोजको नाममा तोक लगाउन समय लगाएकाले हाल सम्म रोजले बोर्ड सदस्यमा नियुक्ती पत्र पाएका छैनन् । तपाईको नामलाई अनुमोदन गरियो भने तपाईं जान तयार हुनुहुन्छ त भन्ने फिल्मीखबरको जिज्ञासामा रोजले अहिले नै यो बिषयमा प्रतिक्रिया नदिने बताए । मेघा बजेटको हिरोईन फिल्म निर्माणको प्रि–प्रोडक्सनमा ब्यस्त रहेकाले उनले सुटिङमा जानुपर्ने भएकाले बोर्डमा जाने मुड परिवर्तन हुन सक्ने पनि बताए । यध्यपी यो बिषयमाथिको औपचारिक निर्णय मन्त्रीबाट आएपछि मात्र आफूले सार्वजनिक गर्ने रोजले बताए ।