मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेपत्ताबारे डकुमेन्ट्री `अन्तिम सन्देश` राजधानीमा प्रदर्शन

फिल्मीखबर, काठमाण्डौ, 2012/08/29

माओवादीको सशस्त्र युद्धका क्रममा आफन्त हराएका परिवारका पीडालाई सम्बोधन गर्न पत्रकार गणेश पाण्डेले निर्देशन गरेको डकुमेन्ट्री “अन्तिम सन्देश” बुधबार राजधानीमा सार्वजनिक गरिएको छ ।


बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा बुधबार राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको डकुमेन्ट्रीमा आफन्त बेपत्ता बनाइएपछि परिवारले भोगेको आर्थिक, सामाजिक, मानसिक र कानुनी पीडालाई उजागार गर्दै अबको आवश्यकतालाई जोड दिइएको छ । डकुमेन्ट्रीमा सेनाको हिरासतबाट परिवारलाई अन्तिम पत्र लेखेकी सुर्खेत लाटीकोइली गाविसकी दीपा ओलीको मुद्दालाई मुख्य कथाको रुपमा चित्रित गरिएको छ । सशस्त्र द्धन्दका क्रममा ६ हजार भन्दा बढीको मृत्यु भएको छ, एक हजार भन्दा बढी बेपत्ता छन् । बेपत्ताका परिवारले कि लास कि त सास देऊ भन्दै राज्यसँग संघर्ष गरिरहेका छन् । त्यो संघर्षलाई डकुमेन्ट्रीमा उतार्ने प्रयत्न गरिएको छ ।


एड्भोकेसी फोरमद्धारा निर्मित ४३ मिनेटको डकुमेन्ट्रीमा बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा तत्कालिन राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका चार जना परिवारले भोगेका समस्यालाई प्रतिनिधिमुलक घटनाका रुपमा प्रस्तुत गरिएको निर्देशक पाण्डेले बताए । ‘लामो समयदेखि अलपत्र रहेको सत्यनिरुपण तथा मेलमिलाप आयोग निर्माणमा दबाब दिन र बेपत्ता जस्तो मानवीय संवेदनाको विषयलाई सम्बोधन गरी दिगो शान्ति कायम गर्ने वातावरण सिर्जना गर्न डकुमेन्ट्री बनाइएको हुँ', निर्देशक पाण्डेले भने, 'देशका विभिन्न ठाउँमा यो डकुमेन्ट्री प्रर्दशन गर्ने कार्यक्रम छ ।'