मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६० लाखमा बिन्दास

फिल्मीखबर, काठमाण्डौ, 2012/08/29

गत भाद्र ८ गते देशभर एकसाथ प्रदर्शनमा आएको राजु गिरी निर्देशित फिल्म बिन्दासले व्यापारिक सफलता पाएको छ । चलिरहेका अन्य फिल्म भन्दा यो फिल्मले राम्रो व्यापार गरेको वितरक तथा हल सञ्चालक बताउँछन् ।

 

सिङगल स्क्रिन यो फिल्मको ओपनिङ कलेक्सन जसरी आक्रमक थियो त्यसपछिका दिनमा पनि बिजनेश खासै तल झरेन । रिलिजको पाँचौ दिनसम्म आईपुग्दा फिल्मले ६० लाखको व्यापार गरेको बताईएको छ । अझै पनि कतिपय सिङगल स्क्रिनमा फिल्म हाउसफुलका साथ चलिरहेको बुझ्नमा आएको छ । राजधानीको कलंकी हलका म्यानेजर मदनमान शाक्यले आजको दिनसम्म पनि फिल्ममा दर्शकको ओईरो लागेको बताए । उनले भने, 'अचम्म लागिरहेको छ दर्शक यसरी ओईरिएको देख्दा ।'

 

हाम्रा चितवन सहकर्मी श्याम सुन्दर गिरीले दिएको जानकारी अनुसार सो स्थानमा पनि फिल्मको बिजनेश आक्रमक नै छ । धरान सहकर्मी अर्पण ढकालले ओपनिङ राम्रो गरेको र अहिलेको बिजनेश सन्तोषजनक रहेको बताए । फिल्मको बिजनेश देखेर अहिले निर्माण युनिट निकै हौसिएको छ । तर, समिक्षात्मक रूपमा फिल्मले राम्रो प्रशंशा भने पाउन सकेन ।

 

युवाहरूको अझ बिशेषगरी कलेज पढ्दै गरेका युवाहरूको सेक्स प्रतिको धारणा र विकृतीलाई कथानमा उतारिएको भनिएको फिल्म बिन्दासमा शुष्मा कार्की, शुशान्त कार्की, अशोक फुयाल र रोशनी घिमिरेको मुख्य अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत सुन्न सकिनेछ । फिल्मलाई मधुकुमार श्रेष्ठ र राजु केसीले निर्माण गरेका हुन् ।