मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

संचिता लुईटेल आईसियुमा भर्ना

फिल्मीखबर, काठमाण्डौ, 2012/08/29

अत्याधिक रक्त श्राव भएपछि अभिनेत्री संचिता लुईटेललाई अस्पताल भर्ना गरिएको छ । गत भदौ चार गते दोस्रो सन्तान जन्माएकी उनलाई हिजो साँझ कुपन्डोल स्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको पारिवारले जनाएको छ ।

'अति धेरै रक्त श्राव भएपछि दिज्युलाई हिजो साँझ हस्पिटल ल्याएका छौ र अहिले उहाँ आईसियुमा हुनुहुन्छ', संचिताकी बहिनी सिवानीले खबर दिएकी छिन् । ९ दिनको बच्चाको  अवस्था सामान्य रहेको छ भने संचिताको बिषयमा तत्काल डक्टरले कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

सिजेरियन (अप्रेशन) मार्फत बच्चा जन्माएकी संचिताको अप्रेशन समयमा केही डक्टरी सामान छुट्न सकेको पनि अनुमान काटिएको छ जसकारण रक्त श्राव धेरै भएको भन्ने उनको परिवारले अनुमान काटेको छ । यस्तै रक्तश्राव हुने अर्को कारण मध्ये सुत्केरी स्यहार नपुग्नु पनि भनिन्छ । सञ्चिता पति निखिल उप्रेती भने अहिले मुम्बईमा नै रहेको बुझिएको छ । उनी श्रीमती सुत्केरी हुँदा पनि नेपाल आएका छैनन् ।

 


निर्माता सरोज शर्मा पनि आईसियुमा

टाउकोमा केही समस्या आएपछि निर्माता सरोज शर्मा पनि अस्पताल भर्ना भएका छन् । फिल्मीखबरलाई प्राप्त खबर अनुसार उनलाई पनि माईतीघर स्थित अन्नपुर्ण अस्पतालको आईसियुमा भर्ना गरिएको छ । उनले अचानक फिल्म निर्माण  गरेका थिए ।