मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भिसा गर्लको पब्ल्सिटीमा `यो मन त मेरो नेपाली हो`

फिल्मीखबर, काठमाण्डौ, 2012/08/29

नेपाली फिल्मको पब्लिसिटी गर्ने सबैको आ-आफ्नै शैली हुन्छ । कतिले स्क्याण्डल मच्चाएर फिल्मको पब्लिसिटी गर्छन् त कतिले सञ्चारमाध्यमा पब्लिसिटी सामाग्री (गीत, प्रोमो) बजाएर गर्छन् भने कतिले होर्डिङ बोर्डलाई पनि प्राथमिकता दिन्छन् । यस्तै पब्लिसिटीको नयाँ स्वरूपमा फिल्म भिसा गर्ल पनि देखिएको छ ।

 

असोज १२ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म भिसा गर्लको पब्लिसिटी डिजाईनका बारेमा फिल्मीखबरले पब्लिसिटी डिजाईनर स्वप्निल आचार्यसँग सम्पर्क गर्‍यो । फिल्मको पब्ल्सिटी डिजाईन कमै मात्र हुने यो हाम्रो उधोगमा स्वप्निलले गरेको डिजाईन यस्तो छ -

 

'यो मन त मेरो नेपाली हो' कन्टेस्ट

बिगत केहि साता देखि फिल्मको युनिट १९७४ एडी व्याण्डको 'यो मन त मेरो नेपाली हो' बोलको गीतलाई प्रयोग गरि पब्लिसिटीमा जुटेको छ । देशका मुख्य मुख्य शहरमा पुगि युनिटले सर्वसाधारण दर्शकलाई यो गीत गाउन लगाउँदै त्यसको भिडियो रेकर्ड र नाम ठेगाना लिने गरेको छ । सबै शहरमा पुगेपछि फिल्म रिलिज हुनु पूर्व युनिटले तीन जना बिजेता घोषणा गर्नेछ र फिल्मको प्रिमियरमा सहभागी गराउने छ । साथमा बिजेताले केहि आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

 

त्यति मात्र हैन भिडियोमा अटाएका ति दर्शकलाई फिल्मको अन्तिम कास्टिङमा पनि राखिनेछ । यस्तै यो कन्टेस्टमा बिदेशमा रहेका नेपालीहरूले पनि भाग लिन सक्नेछन् । जसका लागि यो मन त मेरो नेपाली हो गीत रेकर्ड गरी यू ट्यूबमा अपलोड गरेर फिल्म युनिटलाई लिङ्क पठाउनुपर्नेछ । यो कन्टेस्टका लागि युनिट हेटौंडा, चितवन र पोखरा पुगिसकेको छ भने यहि साता पूर्वी शहर पुग्नेछ । जसको प्रतिनिधित्व नायकद्धय विनय श्रेष्ठ र कर्मले गर्नेछन् । त्यसैले सूदूर पश्चिमकी चेली नायिका ऋचा शर्मा भने अर्को साता मध्यपश्चिम र सूदूर पश्चिम पुग्ने छिन् ।

 

भिसा गर्ल नेपाली मनले बनाएको नेपाली पन बोकेको फिल्म भएकोले १९७४ एडीको 'यो मन त मेरो नेपाली हो' गीतलाई छनोट गरेर पब्लिसिटी गरेको पब्लिसिटी डिजाईनर आचार्यको भनाई छ । बिजेताको घोषणा भने नेपाल टेलिभिजनबाट प्रशारण हुने 'प्ले इट अन' कार्यक्रमबाट गरिनेछ ।

 

शहरमा होर्डिङ बोर्ड

पब्लिसिटीको अर्को डिजाईन अनुरूप युनिटले काठमाण्डौ शहरका करिब ६ स्थानमा ६ वटा जति होर्डिङ बोर्ड यसै साता लगाउने छ । फिल्मका ब्रान्ड पार्टनरहरूको सहयोगमा होर्डिङ बोर्ड लगाउन लागेको बताईएको छ । अहिले उक्त होर्डिङ बोर्डमा ब्राण्ड पार्टनरहरूलाई स्थान दिईनेछ भने फिल्म रिलिजको करिब एक साता अगाडी फिल्मको मात्र होर्डिङ बोर्ड लगाईनेछ ।

 

काठमाण्डौ बाहिर भने नारायणगढ, बुटवल र इटहरीमा मात्र अहिले होर्डिङ बोर्ड राख्ने तय गरिएको छ । बाँकी स्थानको लागि छलफल जारी रहेको स्वप्निल बताउँछन् । यस्तै युनिटले शहर सफा राख्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै शहरका भित्तामा पोस्टर टाँस्ने कामलाई प्राथमिकता नदिने भएको छ । स्वप्निल भन्छन्, 'हामीले फ्लेक्सलाई पनि मुख्य प्राथमिकतामा राखेका छौं । पोस्टर टाँस्छौं तर एकदमै न्यून रूपमा । काठमान्डौ बाहिर भने पोस्टर टाँस्नै पर्ने बाध्यता रहेको उनको भनाई छ ।

 

सिभिल मलमा कन्सर्ट


रिलिजको एक साता जति अगाडी युनिटले काठमान्डौको सुन्धारा स्थित सिभिल मलमा एक भव्य कन्सर्ट गर्ने भएको छ । फिल्मको पब्लिसिटीको नयाँ तरिका अनुरूप केहि चर्चित संगीतकर्मीको सहभागितामा सो कन्सर्टको आयोजना गर्न लागिएको हो । यहि साता भित्रमा देशभरका करिब ४ दर्जन सिनेमा घरमा फिल्मको होर्डिङ बोर्ड तथा पोस्टर राखिनेछ । फिल्मको प्रोमो भने केहि दिन देखि हलहरूमा बजिरहेको युनिट जनाएको छ । ति बाहेक सञ्चारमाध्यमा गीत तथा प्रोमो बजाउने र अर्न्तवार्ता दिने नियमित कार्य चलिरहनेछ ।

 

सिजी इन्टरटेन्मेण्टको व्यानरमा प्रचण्ड मान श्रेष्ठले निर्देशन गरेको सामाजिक फिल्म भिसा गर्लमा ऋचा शर्मा, विनय श्रेष्ठ, कर्म, रेमनदाश श्रेष्ठ, रीमा विश्वकर्मा, मेनुका प्रधान र सलोनी राजभण्डारीको अभिनय हेर्न सकिनेछ ।