मिति : २०८२ ज्येष्ठ २०, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब कुनै पनि हालतमा `ॐ` सर्दैन - निर्माता क्रेजी

फिल्मीखबर, काठमाण्डौ, 2012/08/28

'ॐ' फिल्मको रिलिज डेट फेरि सर्‍यो भन्दा सुन्ने र पढ्नेलाई पनि पट्यार लाग्न सक्छ तर के गर्ने सुचना दिन त परि हाल्यो । श्रावण १५, भाद्र ८, भाद्र २२ हुँदै अहिले असोज ५ मा आएर ॐ फिल्मको रिलिज डेटले अन्तिम टुंगो पाएको निर्माता करण क्रेजी बताउँछन् ।

 

फिल्म किन यसरी बारम्बार सरिरहन्छ भन्ने प्रश्न गर्‍यो कि निर्माण पक्षले प्राबिधिक कारण भन्दै पन्छिन खोज्छन् । यो फिल्मका निर्माताले पनि जवाफ यहि नै दिए । पोस्ट-प्रोडक्सनमा धेरै समय लागेको बताउँदै निर्माता क्रेजी भन्छन्, 'श्रावण १५ मा फिल्म पूरा हुन सकेन अनि सार्‍यौं र भाद्र २२ पुर्‍यायौं । तर भाद्र २२ मा फेसबुक र धुवाँ यो नशा रिलिज हुने भनिएकाले मैले छोडिदिएँ र भाद्र १५ मा पुगें । भाद्र १५ मा पनि फिल्म पूरा हुने छाँट देखिएन र असोज ५ गते फाईनल नै गरें ।'

 

'अब त कुनै पनि हालतमा सार्दिन', निर्माता क्रेजी भन्छन्, 'असोज ५ मा जुन जुन फिल्म रिलिज भए पनि म पछि हट्दिन किनकी म आफ्नो फिल्म प्रति बिश्वस्त छु ।' पोस्ट-प्रोडक्सनमा निकै मेहनत गरेर फिल्म राम्रो बनाएको बताउने क्रेजी भाद्र महिनामा फिल्मको भिडभाड देखेर पछि हटेको पनि भन्ने गरिएको छ । खाली पोष्टमा गोल हान्न भनेर असोज ५ पुर्‍याएको अंकलन पनि नकाटिएको हैन तर यि निर्माता यो कुरालाई स्विकार्दैनन् । भन्छन्, 'गेम एक्लै खेल्न मजा आउँदैन ।' तर उनको दाउ भने एक्लै गेम खेलेर जित हात पार्नु रहेको छ ।

 

हरेक मान्छेले सपना देख्छ तर त्यो सपना पूरा गर्न आफैले मेहनत गर्नु पर्छ भन्ने सन्देशका साथ निर्माण गरिएको फिल्म 'ॐ' लाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । करण क्रेजीले निर्माण गरेको सो ग्याङस्टार फिल्ममा सुमन सिंह, झरना थापा, दिक्षा कुवँर, मोहन श्रेष्ठ, मिलन जोशी, दिल गुरूङ र एनबी महर्जनले अभिनय गरेका छन् । फिल्ममा दिनेश सुनाम र बसन्त सापकोटाको संगीत, कमल दाहालको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन र दुर्गा पौडेलको छायाँकन रहेको छ ।