कार्तिक ३ गते रिलिज हुने फिल्मको लिस्टमा लुट कम्पनी पनि थपिएको छ । सो सिम्पल र धुवाँ यो नशा सहित सो मितीमा फिल्म रिलिज गर्ने योजना सहित लुट कम्पनीको फस्टलुक सार्वजनिक गरिएको छ ।
कानुन विपरित समाजमा हुने अपराधका घटनाहरूलाई मुख्य बिषय बनाएर निर्माण गरिएको उक्त फिल्मलाई सुरज चन्द ठकुरीले निर्देशन गरेका हुन् । दिलकृष्ण श्रेष्ठ, प्रज्वल गिरी, सञ्जोग राना, निश्चल दाहाल, भुवन भुजेल, अलिया खतिवडा, दीपा थापा लगायतको अभिनय रहेको सो फिल्म श्रेष्ठ इन्टरनेशनल प्रालिको व्यानरमा बनेको हो ।
गणेश चौधरीको संगीत रहेको सो फिल्ममा निरज कडेंलको छायाँकन, शंकर महर्जनको द्धन्द, कविराज गहतराज र अजय स्याङ्देनको नृत्य तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

