मिति : २०८२ ज्येष्ठ २०, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भण्डारीले दिए राजिनामा/ विकास बोर्डमा कोलाहाल

फिल्मीखबर, काठमाण्डौ, 2012/08/28

दोस्रो कार्यकाल तेर्‍ह महिना पुगेपछि चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले आज राजिनामा दिएका छन् । आन्तरिक कारण जनाउदै उनले मध्यान्न सञ्चारमन्त्रालय पुगी राजिनामा पत्र बुझाएका हुन् ।

 

माओवादी कोटाबाट दोस्रो पटक अध्यक्ष बनेका भण्डारी अब पार्टी आन्दोलनमा लाग्ने छन् । उनले फिल्म उद्योगका लागि गरेको योगदानको समिक्षा के कसरी होला त्यो भोलीको कुरा तर उनले आफ्नो कार्यकाल उपलब्धीमुलक रहेको निस्कर्ष निकालेका छन् । 'मलाई मन्त्रीको दवाव थिएन किनकी मैले केही समय अघि देखिनै राजिनामा दिउँ भन्ने सोच बनाएकाले आज साईत जुरेको हो', राजिनामा पत्र बुझाएपछि फिल्मीखबरको विभिन्न प्रश्नमा उनको उत्तर थियो । उनको राजिनामा भदौ १५ गतेदेखि लागु हुने छ ।

नेपाली फिल्मकर्मी माझ सवैभन्दा लोकप्रिय बनेका भण्डारी पछिल्लो ६ महिना यता बढ्ता आलोचित भएका थिए । किनकी पहिलो कार्यकालको सात महिनामा उनले गरेको उपलब्धीमुलक निर्णय झैं दोस्रो कार्यकालमा नपाएपछि उनलाई समर्थन गर्नेले पनि उनको कुरा काट्न सुरु गरेका थिए । यध्यपी काग कराउदै जान्छ पिना सुक्दै जान्छ भने झैं उनले आफ्नो पछिल्लो कार्यकालको २४ बुदेँ उपलब्धीलाई बुदाँगत रुपमा बुधबार सार्वजनिक गर्दैछन् ।  

आजबाट नेतृत्व विहिन भएको बोर्डमा नयाँ अध्यक्ष नआउन्जेल सदस्य सचिव धनराज ज्ञावालीले हेर्नेछन् । तर धनराजको सदस्य सचिव म्याद गत श्रावण ३२ गते देखि सकिएको जनाउदै तीन सदस्य निलहरी काफ्ले, विकास अचार्य र रामा मण्डलले विरोध जनाएका छन् । यस्तै  भण्डारीको नेतृत्वमा आज बसेको अन्तिम बोर्ड बैठकमा उनीहरु उपस्थित पनि भएनन् ।

 

'म्याद सकिएको मान्छे बोर्ड मिटिङमा आउनुलाई हामीले अबैधानिक ठहर गरेका छौ त्यसैले आजको बोर्ड मिटिङ हाम्रा लागि मान्य भएन', सदस्य निलहरी काफ्लले भने । उता  सदस्य सचिव ज्ञवालीको गत श्रावण मासान्तको मिति उल्लेख गर्दै नयाँ ब्यक्ति नआउन्जेल सो पदमा रहिरन सञ्चारमन्त्रालयको फ्याक्स आजको बैठक पश्चात मात्र आएपछि सामान्य विवाद चुलिएको छ । विवादका कारण २८ कर्मचारी र तीन सदस्य बीच दुरी पनि बढेको छ ।

धनराजसंगको टक्करका कारण आजको अन्तिम मिटिङमा तीन सदस्यको अनुपस्थितिले २० लाखको कर्मचारी कल्याण कोषका लागि तय गरिएको योजना तुहिने भएपछि तीन सदस्यसंग कर्मचारीले दुखेसो ब्यक्त गरेका हुन् । 'धनराजजीको बिषय कानुनी हो वा गैरकानुनी त्यो छलफल हुँदै होला तर हाम्रो १२ बर्षे परिश्रममा पहिलो पटक आउन लागेको २० लाखको कोष खेर गएमा माफी हुने छैन', बोर्ड कर्मचारी हेमाङ्ग राज गिरीले भने ।

 

उता यो बिषयमा गणेश भण्डारीले नयाँ ब्यक्ति सिफारिस नहुन्जेल यो बिषयमा उठाईएको प्रश्नको तुक नभएको प्रतिक्रिया दिएका छन् । यता विरोध गरेका निलहरी काफ्लेले म्याद थप सम्बन्धमा प्रक्रिया सहि नभएको भन्दै बोर्ड मटिङमा सदस्य सचिव ज्ञावालीको उपस्थित कानुनत नभएको भन्दै विरोध जारी राख्ने बताएका छन् । यहि बिषयमा आज दिनभर बोर्डका प्रमुख कर्मचारी र निलहरी काफ्ले बिच ठूलो विवाद भएको थियो ।