मिति : २०८२ ज्येष्ठ २०, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खोज बाहिरिए पछि

फिल्मीखबर, काठमाण्डौ, 2012/08/28

नेपाली फिल्महरूको रिलिज मिती हेरफेर हुने चक्कर चलिरहेको छ । केहि फिल्म एक साता वर सर्दै आएका छन् भने केहि पर-पर धकेलिदै आएका छन् । यहि हेरफेरको लिस्टमा फिल्म खोज पनि परेको छ ।

 

भाद्र २९ गते बडीगार्ड र व्ल्याक मेलसँग भिड्ने तयारी गरेको खोज प्रस्तुत फिल्मका निर्माताहरूको सहमतीमा पछि हटेको बताईएको छ । बिशेषगरी बडीगार्डका निर्माता शुशिल पोखरेल र खोजका निर्माता लक्ष्मी ढकालले आपसी समझदारीमा फिल्म सारेका हुन् । फिल्मको रिलिज डेट हेरफेरका लागि आज नेपाल चलचित्र संघको कार्यालयमा केहि निर्माता तथा वितरकको रहोबरमा रिलिज डेट सार्ने निर्णय गरिएको हो । अब खोज कहिले लाग्छ टुंगो भने लागेको छैन ।

 

तीन-तीन वटा फिल्म भिड्ने भएकाले असर तीनै फिल्मलाई लाग्ने भन्दै निर्माताहरू समझदारीमा आएका हुन् । अब भाद्र २९ मा बडीगार्ड र ब्ल्याक मेल मात्र रिलिज हुनेछन् । बडीगार्डलाई डिसिएनले रिलिज गर्नेछ भने ब्ल्याक मेल फ्री च्यानलबाट रिलिज हुनेछ । अब यि दुई फिल्मको भिडन्तमा जीत कस्को हातमा हुने हो त्यसका लागि भाद्र २९ लाई नै कुर्नु पर्ने हुन्छ ।

 

यसअघि भाद्र २९ मा फेसबुक र धुवाँ यो नशा पनि रिलिज हुने बताईएको थियो । फेसबुक एक साता वर सर्‍यो भने धुवाँ यो नशा कार्तिक ३ मा पुग्यो ।