
डेढ महिना अघि अमेरिका उडेका निर्देशक प्रशन्न पौडेल र हिरो रेश मरहठ्ठाले सुटुक्क फिल्म खिचेको रहस्य बाहिरिएको छ । लोकेशन हन्टका लागि भन्दै अमेरिका हानिएका उनीहरुले ३५ दिने सेडुलबाट फिल्म ईलाभेन्थ स्टिट प्याकअप गरेका हुन् । यो बिषयमा प्रशन्न पौडेललाई फिल्मीखबरले प्रश्न गर्दा उनले सुटिङ गरेको कुरा लुकाउन खोजे भने हिरो रेश मरहठ्ठाले फिल्मको सुटिङ सकिएको जानकारी आफ्नै फेसबुक वालमा उल्लेख गरेका छन् ।
प्रदर्शनको क्रममा रहेको फिल्म च्यालेन्ज हिरोईन खुस्बु न्यौपाने र रेश सहित सो फिल्ममा नमुना गैरे, विशाल भारती, निर्माता समेत रहेका माधव ढकाल र अमेरिकी नागरिक मार्क प्रमुख भूमिकामा छन् । फिल्मलाई अमिरा साउदी बराकीले तीन प्रकारका क्यामेराले खिचेकी हुन् । सुटिङ सक्नासाथ निर्देशक पौडेल अहिले बाल्टिमोर घुम्न निस्किएका छन् भने रेश आफ्नै धुनमा साथीभाईमाझ फ्लोरिडामा रमाईरहेका छन् ।
नेपाल छँदा दरवार मार्ग एरियामा जुन सुकै बेला संगै देखिने उनीहरु सात समुन्द्र पारी केहि समय सँगै बसे पनि अहिले टाढिनुले यि दुईको दोस्तीयारीमा दुरी बढेको अनुमान पनि काटिएको छ । झण्डै विलाईसकेको अवस्थामा रहेका रेशलाई प्रशन्नले आफ्ना केही म्युजिक भिडियो र दोस्रो फिल्म मेरो बेष्टफ्रेण्ड खेलाएपछि रेश पुनः सवैको नजरमा परेका हुन् । दुई हप्ता पश्चात नेपाल फर्किने तयारी गरिरहेका उनीहरु नेपाल फर्किए लगत्तै मेरो बेष्ट र च्यालेन्ज रिलिजमा ब्यस्त हुनेछन् ।