
मनिष पन्थको निर्देशनमा बन्न लागेको फिल्म ‘डिभोर्स’ को सोमबार बुटवलमा शुभमुहुर्त गरिएको छ । मंगलबारबाट सुटिङ शुरू हुने सो फिल्मलाई बुटवल, पाल्पा, पोखरा लगायतका स्थानमा खिचिने निर्माण पक्षले जनाएको छ ।
यसै फिल्मबाट किशोर श्रेष्ठ, बिनिताले डेव्यू गर्दैछन् भने आभास अग्रहरी, विना थापा, कृष्ण पाण्डे, प्रदिप ढकाल, करन तुलाचन लगायतको पनि अभिनय रहनेछ । फिल्ममा सानुकुमार महर्जनको द्धन्द, अजय बिष्टको संगीत र सन्तोष अग्रहरीको गीत रहनेछ । त्यस्तै सम्पादन रोशन लामिछानेको रहने निर्माता समेत रहेका निर्देशक पन्तले बताए ।
मुहर्त कार्यक्रममा फिल्म पूर्णिमाका निर्माता खगेश्वर पुन, मनोज श्रेष्ठ, निर्माता रोहित पुरी, कलाकार कुलचन्द्र पुरी, निर्देशक पन्तका बुवा पुष्करनाथ पन्त लगायतको उपस्थिती थियो ।