Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अडियो विमोचनमा स्रस्टाको अपमान !

फिल्मीखबर, काठमाण्डौ, 2012/08/27

श्रष्टा नै नरहे सिर्जना हुँदैन र सिर्जना नै नबहे कलाको अर्थ नै के ? त्यसैले कलालाई जिउँदो राख्न हरेक श्रष्टाको सम्मान गरिनु पर्छ । तर हाम्रा फिल्मकर्मीहरू भने बेला बेला श्रष्टाको सम्मान गर्न नै भुल्छन् जसले गर्दा राम्रो गर्छु भन्दा पनि नराम्रो पर्न जान्छ ।
 

यस्तै देखियो सोमबार फिल्म 'फुलस्टप' को अडियो विमोचन कार्यक्रममा । राजधानीमा एक समारोह विच उक्त फिल्मको अडियो विमोचन त गरियो तर कुनै पनि श्रष्टाको नाम उल्लेख गरिएन । अडियो विमोचन भन्ने बित्तिकै संगीतकार, गीतकार तथा गायक गायिकाको नाम जोडिएर आउँछ तर सो कार्यक्रममा भने यिनै नाम छुटेर आए । कार्यक्रम सञ्चालकले बिर्से या निर्माण युनिटले आखिरमा जस्ले बिर्से पनि यसलाई श्रष्टाको अपमान गरेको जस्तो बुझिन्छ ।



 

केहि सञ्चारकर्मीको उपस्थितीमा फिल्मका मुख्य कलाकार सबिन श्रेष्ठ, बिनिता बरालको साथमा निर्देशक कमलकृष्ण, निर्माताद्धय मोहनकृष्ण श्रेष्ठ र बेनीज्योती गुभाजु सहित चलचित्र पत्रकार संघका अध्यक्ष विदूर गिरी र निर्देशक शोभित बस्नेतले अडियो विमोचन गरे । फिल्मका संगीतकार निर्देशक कमलकृष्ण नै हुन् भने स्वर मनिषा पोखरेल र राकेश खालिङले दिएका छन् । अडियो सिडीमा दुई वटा मात्र गीत राखिएको छ जसमा कमलकृष्ण र खुसी पौडेलको शब्द रहेको छ ।

 

 

आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको सो फिल्मको अडियो विमोचन एउटा बाहाना मात्र भएकाले श्रष्टाको नाम छुट्न गएकोमा निर्माण युनिटले क्षमा याचना भने माग्यो । फिल्मका भिडियो तथा अडियो गीत लामो समय देखि सञ्चारमाध्यमा बजिरहेका छन् । कार्यक्रम गर्न एउटा बाहाना चाहिएकाले युनिटले अडियो विमोचन गरेको हो ।

 

सस्पेन्स थ्रील उक्त फिल्मलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको कार्यक्रममा जानकारी गराइयो भने निर्देशक कमलकृष्णले फिल्मलाई राम्रो बनाउन कुनै कसुर बाँकी नराखेको बताए । यस्तै कलाकारद्धय बिनिता र सबिनले पनि फिल्म राम्रो बनेको बताए ।