
चलचित्र बिकास बोर्डबाट गणेश भण्डारीको अचानक राजिनामा आउने भएपछि अहिले फिल्म उद्योगमा एक किसिमको राजनीति सुरु भएको छ । यो उद्योगको सर्वश्रेष्ठ पद आफ्नो पोल्टोमा पार्नका लागि अहिले आफ्नो पावर र लिविङ सुरु भएको छ । जस मध्ये दुई ब्यक्ति पर्दा अगाडी आईसकेका छन् भने अन्यले पनि सो पदमा जान भित्री रुपमा राजनीति सुरु गरेका छन् ।
हाल यूरोप भ्रमणमा रहेका प्रोड्यूसर प्रदीप उदयले बोर्डमा जान अन्य फिल्मकर्मीले आफूलाई योग्य ठाने उनी चलचित्र संघको महासचिव पद त्यागेर सो पद स्वीकार्ने तयारीमा छन् । फिल्मीखबरसंको कुराकानीमा उदयले भनेका छन्, 'यदि मलाई साथीभाईले योग्य ठाने भ्रमण छोट्याएर आउने छु ।' उनी श्रीमतीको साथ गत श्रावण २४ यूरोप भ्रमणमा निस्किएका थिए । हाल उनी जर्मनीमा छन् । उनको नेपाल फर्कने मिति भदौ २४ हो ।
यसैगरी बोर्डमा जान ईच्छुक अर्का ब्यक्ति संगीतकार लक्ष्मण शेष हुन् । उनले पनि सो पदमा जान तिब्र ईच्छा देखाएका छन् । प्रचण्ड निकट उनीले पनि सो पदमा जानका लागि राजनीतिक पावर युज गरिरहेका छन् । तर माउ पार्टीको आन्तरिक विवाद देखाउदै गणेश भण्डारीको राजिनामा आउनु र उनले राजनीतिक पावर माउ पार्टीको लगाउनु बीच केही रहस्य लुकेको अनुमान काट्न सकिन्छ । शेष भन्छन्, 'मेरो तीब्र ईच्छा चाहि हैन तर मलाई योग्य ठानिन्छ भने म पनि तयार छु ।'
बोर्ड अध्यक्ष हुनका लागि पर्दा बाहिर आएका उदय र शेषले आफू नभएपनि अरु ब्यक्ति बोर्डमा जान्छ भने फिल्मकर्मी नै हुनु पर्ने माग राखेका छन् । फिल्मकर्मीको ब्यथा फिल्मकर्मीले नै बुझ्ने हुदा गैर फिल्मकर्मी बोर्ड अध्यक्ष भएको खण्डमा विरोधका कार्यक्रम समेत आयोजना गर्ने उनीहरुको भनाई छ ।