मिति : २०८२ ज्येष्ठ १९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

जीवन साथीका लागि तानातान (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2012/08/27

प्रदर्शनका लागि तयार भएको फिल्म 'मेरो जीवन साथी' को शिर्ष गीत प्रिमियर गरिएको छ । फिल्म निर्माण युनिटले आफ्नो अफिसियल फेसबुक पेज Mero Jeevan Sathi बाट फिल्मको गीत प्रिमियर गरेको हो ।

 

दयाराम पाण्डेको शब्द, अर्जुन पोखरेलको संगीत तथा अञ्जु पन्त र सत्यस्वरूपको स्वर रहेको सो गीतमा रेश मरहठ्ठा, रागिनी खड्गी र शिवन पोखरेलले आ-आफ्नो प्रेमलाई व्यक्त गरेका छन् । प्रेमकथानक सो फिल्ममा ति तीन कलाकारको त्रिकोणात्मक प्रेमलाई केन्द्र बनाईएको छ । सुन्दर लोकेशनमा छायाँकन गरिएको सो गीतलाई कविराज गहतराजले करियोग्राफी गरेका हुन् ।

 

दिवाकर भट्टराईले पहिलो पटक निर्देशन गरेको मेरो जीवन साथीमा राजेश हमाल, शुष्मा कार्की र रेखा थापाले पनि मुख्य भुमिका निर्वाह गरेका छन् । सामिप्य तिमिल्सिनको लेखन रहेको सो फिल्म मंसिर १५ गते रिलिज गरिनेछ । यमन म्युजिकको व्यानरमा सूर्य कार्कीले निर्माण गरेको फिल्ममा रामेश्वर कार्कीको छायाँकन हेर्न सकिनेछ । यस्तै फिल्ममा हिमाल केसीको द्धन्द, राजु ढुंगाना र नबिन निरौलाको सम्पादन रहेको छ ।